Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    युवा जागरण कोरोना नियन्त्रण अभियानद्धारा एक हजार १२९ नागरिकको स्वास्थ्य जाँच

    युवा जागरण कोरोना नियन्त्रण अभियानद्धारा एक हजार १२९ नागरिकको स्वास्थ्य जाँच


    • सोमवार, श्रावण ५ २०७७

    • नेपाल वाइड


    युवा जागरण कोरोना नियन्त्रण अभियानद्धारा एक हजार १२९ नागरिकको स्वास्थ्य जाँच

                  आफ्नो गविविधिका बारेमा जानकारी दिँदै पत्रकार सम्मेलनमा युवा जागरण कोरोना नियन्त्रण अभियानमा आवद्ध युवा ।

              खोटाङमा युवा जागरण कोरोना नियन्त्रण अभियानले एक हजार जनाभन्दा बढि नागरिकको निःशुल्क स्वास्थ्य जाँच गराएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारी सुरु भएसँगै एक जना स्वास्थ्यकर्मी सहित चार युवाको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बिभिन्न ठाँउमा शिबिर सञ्चालन गरेर एक हजार १२९ जना स्थानीय नागरिकहरुको स्वास्थ्य जाँच गरेको हो ।
            नगरपालिकाको दोर्पाचिउरीडाँडा, जालपा, निर्मलीडाँडा, पाथेका, बुईपा, बुवालुङ, बाम्राङ, हुर्लुङ मुढे, खार्मी, नुनथला, खाल्ले र महुरेमा स्वास्थ्य सम्बन्धी सचेतनामुलक शिबिर सञ्चालन गरेको अभियानका व्यवस्थापक राजु आचार्यले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य जाँचकाक्रममा स्थानीयलाई पाँच लाख ५० हजार बराबरको औषधि वितरण गरिएको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो ।

           युवा जागरण कोरोना नियन्त्रण अभियानले व्यक्ती तथा संस्थाबाट सहयोग उठाएर कोरोना विरुद्धको सचेतनामुलक अभियान चलाएको जनाएको छ । ५२ जना व्यक्ती र पाँच संस्थाबाट प्राप्त भएको ९ लाख ८१ हजार रकमबाट १० हजार थान मास्क, ३० थान एन नाइन्टीफाईभ मास्क, सय एमएलको २८७ वटा ह्याण्ड सेनीटाइजर, पाँच सय एमएलको ५३ वटा ह्याण्ड सेनीटाइजर वितरण गरिएको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो ।

            यस्तै, २ थान थर्मल गन, १ हजार १९३ वटा सावुन, सय थान सर्जिकल पञ्जा, एक हजार २२३ थान टप्स ग्लोव्स, १२ थान हेयर क्याप र २७ काटन प्रशोधिन पानी वितरण गरिएको जनाइएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्‍याउने लक्ष्यका साथ युवा जागरण कोरोना नियन्त्रण अभियानले गत जेठ ११ गतेदेखि नगरपालिकामा सचेतनामुलक गतिविधि सञ्चालन सुरु गरेको जनाएको छ ।
           युवा जागरण कोरोना नियन्त्रण अभियानले सोमबार दिक्तेलको होटल भिलेजमा पत्रकार सम्मेलन गरेर लकडाउनको मारमा परेका स्थानीयलाई एक हजार चार सय केजी चामल, पाँच सय केजी दाल र २४ कार्टुन चाउचाउ प्रदान गरेको जानकारी दिएको छ ।

           अभियानकाक्रममा कुल ११ लाख ९४ हजाहर ९४७ रुपैयाँ खर्च भएकामा अझै ३ लाख ४० हजार रकम अपुग भएको अभियानका संयोजक कविराज रिजालले बताए । उनीहरुले सामान्य स्वास्थ्य जाँचका साथै विदेशबाट आएका स्थानीयलाई क्वारेन्टीनमा पु¥याउन समेत सहयोग गरेको जानकारी दिएको छ । आगामी दिनमा पनि अन्य सचेतनामुलक गतिविधि सञ्चालन गर्ने रिजालले जानकारी दिनुभयाे ।

           युवा जागरण कोरोना नियन्त्रण अभियानमा आवद्ध रिजाल, आचार्य, डा. जनार्दन खकुरेल, पेम्बा तामाङ र सुरेस दाहालले जेठ १२ गतेदेखि सुरु गरेको अभियान साउन ४ गते टुंग्याइएको जानकारी दिइएको छ ।

     

    सम्बन्धित समाचार