Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल कम्युनिस्ट पार्टीभित्र महाधिवेशन बहस

    नेपाल कम्युनिस्ट पार्टीभित्र महाधिवेशन बहस


    • मंगलवार, श्रावण ६ २०७७

    • नेपाल वाइड


    नेपाल कम्युनिस्ट पार्टीभित्र महाधिवेशन बहस

            सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र महाधिवेशन बहस सुरु भएको छ । शनिबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएपछि नेकपाको बहस मोडिएको छ ।

            पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिरमा एकता महाधिवेशन असम्भव भएको तर्क गरेका छन् । आफ्नो तर्कमा उभिन्दै श्रेष्ठले महाधिवेशन प्राविधिक र नेतृत्व हस्तान्तरणको मात्र विषय नभएको जिकिर समेत गरेका छन् ।

          पार्टीभित्र विवाद सघन बन्दै जाँदा नेकपामा वैचारिक विषयले पनि प्रवेश पाएको छ । प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद नै मार्गदर्शक सिद्धान्त बनाउनु उपयुक्त हुने निष्कर्ष निकाल्दै बहसको निम्तो दिएपछि पूर्वमाओवादी केन्द्र विलयको भयले झस्किएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबजमा जान नसकिने बताइ सकेका छन् ।

          प्रवक्ता श्रेष्ठले निर्क्यौल गर्नुपर्ने आवश्यकता बोध गरेका छन् ।  “वैचारिक कार्यभारलाई केन्द्रमा राखी साङ्गठनिक कार्यभार समेत पूरा गर्ने गरी महाधिवेशन को तयारी गरौं । यसो गर्दा आगामी मङ्सिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिँदैन,” उनले भनेका छन् ।

        महाधिवेशनको सन्दर्भमा हतपत र ढिलाइ दुवै गलत हुने श्रेष्ठको निष्कर्ष छ । “गत केन्द्रीय कमिटीको यस सम्बन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौ,” उनको भनाइ छ । गत माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटीको दोस्रो बैठकले एकता महाधिवेशनको तिथि तय गरेको थियो । केन्द्रीय कमिटी बैठकले चैतको २५ गतेदेखि ३० गतेसम्म महाधिवेशनको मिति तय गरेको थियो ।

    न् ।

    सम्बन्धित समाचार