Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मध्य भोटेकोसीमा बाढी पस्दा करोडौंकाे क्षति

    मध्य भोटेकोसीमा बाढी पस्दा करोडौंकाे क्षति


    • बुधवार, श्रावण ७ २०७७

    • नेपाल वाइड


    मध्य भोटेकोसीमा बाढी पस्दा करोडौंकाे क्षति

            अविरल वर्षाका कारण मध्य भोटेकोसी जलविद्युत् आयोजनामा बाढी पस्दा डेढ अर्बबराबरको क्षति पुगेको छ । यस्तै विभिन्‍न ठाउँका पुल भत्किँदा आयोजनाको काम अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

        प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले बाढीका कारण करिब २ सय मेगावाट विद्युत् उत्पादनमा कठिनाइ भएको बताए । “सञ्‍चालनमा रहेका आयोजनामा बाढी आउँदा बन्द गर्नुपर्ने अवस्था भएका आयोजना समय-समय बन्द गर्नुपरेको छ । समग्रमा करिब दुई सय मेगावाट विद्युत् उत्पादन निरन्तर हुन सकेको छैन्,” उनले भने ।

         पूर्ण क्षमतामा सञ्‍चालन गर्न नसक्दा प्राधिकरणलाई घाटा लागेको उनले बताए । बाढी पसेर मेडियन डुबाउँदा मध्य भोटेकोसी आयोजनामा करिब डेढ अर्ब रुपैयाँको नोक्सानी भएको उनले बताए । यस्तै मुस्ताङ जाने सडक खण्डमा पर्ने एउटा पुल बगाउँदा राहुघाट आयोजनाको काम अवरुद्ध भएको उनले जानकारी दिए ।

         सञ्‍चालनमा रहेको विद्युत् आयोजनामा सीधैं बाढीले असर नपारे पनि ठाउँ ठाउँमा बिजुलीको पोल ढालेको, निर्माणाधीन प्रसारण लाइनमा क्षति पुर्‍याएको उनले बताए । “बन्दै गरेको प्रणारण लाइनको टावर पहिरो ढलेको छ तर चार्जिङ भएका प्रसारण लाइनमा भने क्षति नपुर्‍याएको उनकाे भनाइ छ । 

    सम्बन्धित समाचार