Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    युरोपेली नेताहरूले ‘कोरोना राहत कोष’बारे सहमति जुटाए

    युरोपेली नेताहरूले ‘कोरोना राहत कोष’बारे सहमति जुटाए


    • बुधवार, श्रावण ७ २०७७

    • नेपाल वाइड


    युरोपेली नेताहरूले ‘कोरोना राहत कोष’बारे सहमति जुटाए

              युरोपेली देशका नेताहरूले कोरोना भाइरसले युरोप क्षेत्रको अर्थ–व्यवस्थामा पारेको प्रभाव न्यून गर्न स्थापना हुने राहत कोषको रकममा सहमति जुटाएका छन् । उनीहरू सात खर्ब ५० अर्ब युरोको राहत कोष सञ्चालनमा ल्याउन सहमत भएका हुन् । यो उल्लेख्य सहमति जुटेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । 

             धेरै दिनदेखिको छलफलपछि युरोपेली नेताहरू सहमतिमा पुग्न सफल भएका हुन् । यो रकम इयूका २७ देशमा कोरोना भाइरसले पुऱ्याएको नोक्सानीलाई पूर्ति गरी अर्थ–व्यवस्थालाई नयाँ गति दिन प्रयोग गरिनेछ । 

           यस कोषबाट इयूआबद्ध देशहरूलाई राहत र ऋण दिइने बताइएको छ । युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स माइकलले यो सहमति युरोपका लागि महत्वपूर्ण कदम भएको बताए । अध्यक्ष चार्ल्सले २७ देशका नेताहरूबीच सहमति भएपछि ट्विट गर्दै नेताहरू निचोडमा पुगेकोमा खुसी व्यक्त गरेको बिबिसीले जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोले यो सहमति युरोपका लागि ऐतिहासिक दिन भएको भन्दै प्रतिक्रिया दिएका छन् ।

              त्यसैगरी बेल्जियमका प्रधानमन्त्री सोफी विल्मेसले ट्विट गर्दै युरोपेली संघमा यो स्तरको लगानी नभएको र यो उल्लेख्य रहेको जनाएका छन् ।

    सम्बन्धित समाचार