Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लकडाउन सकिएको पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने

    लकडाउन सकिएको पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने


    • बुधवार, श्रावण ७ २०७७

    • नेपाल वाइड


    लकडाउन सकिएको पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने

               सरकारले गएरातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने भएको छ। अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ। ‘लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन।

             त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर छ,’ गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए । सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ। तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन्। त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति चाहिन्छ।

    सम्बन्धित समाचार