Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोसी किनारबासी चनाखोपुर्वक रहनुहोस !

    ‘केरुङ च्छो’ ताल फुट्नसक्ने भन्दै सतर्कता अपनाउन प्रशासनको आग्रह

    ‘केरुङ च्छो’ ताल फुट्नसक्ने भन्दै सतर्कता अपनाउन प्रशासनको आग्रह


    • बुधवार, श्रावण ७ २०७७

    • नेपाल वाइड


    ‘केरुङ च्छो’ ताल फुट्नसक्ने भन्दै सतर्कता अपनाउन प्रशासनको आग्रह

              छिमेकी देश चिनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ । पानीको मात्रा बढ्दै जाँदा ‘केरुङ च्छो’ ताल फुट्न गए सुनकोसीमा पानीको बहाव बढ्ने र कोसी किनारका मानव वस्तीमा ठूलो धनजनको क्षती पुग्ने खतरा देखिएको भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

           सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बुधबार सूचना सार्वजनिक जारी गर्दै सुनकोसी किनारका सर्वसाधारण, स्थानीय तह, स्थानीय विपद व्यवस्थापन समिति लगायतका सरोकारवाला व्यक्ती तथा संघसंस्थालाई उच्च सतर्कता अपनाएर जोखिमबाट बच्ने आवश्यक पुर्वतयारी अपनाउन आग्रह गरेका छन् ।

           फुट्ने खतरामा रहेको ‘केरुङ च्छो’ तालका कारण हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, दुर्छिम, धितुङ र राजापानी, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बतासे, खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, सुन्तले, फाक्टाङ र पौवासेरा, जन्तेढुंगा गाउँपालिकाको देबिस्थान र बोपुङलाई जोखिमयुक्त क्षेत्रकारुपमा पहिचान गरिएको प्रशासनले जनाएको छ ।

           प्रशासनले सम्भावित जोखिमयुक्त स्थानका नागरिकलाई विशेष चनाखोपुर्वक रहन, नदी क्षेत्र तथा किनारमा अत्यावश्यक काममा बाहेक प्रवेश नगर्न/नगराउन, जलप्रवाहको अद्यावधिक अवस्थाका बारेमा जिम्मेवार निकाय र नागरिकलाई नियमित जानकारी गराउन, आफ्नो मोबाईलमा आउने जोखिमयुक्त खबर हेरेर खतराको सन्देश प्राप्त भए तत्काल स्थानीय तहका जिम्मेवार पदाधिकारी तथा विपद व्यवस्थापन समितिमा सम्वद्ध अधिकारीलाई खबर गर्न, पानीको प्रवाह उच्च हुँदै गएमा सुरक्षित स्थानको पहिचान गरी सो को जानकारी गराइ सुरक्षित रहन अनुरोध गरेको छ ।

    Jilla Prasasan Notice photo.jpg

    जिल्ला प्रशासन कार्यालय खोटाङद्धारा जारी सुचना 

    सम्बन्धित समाचार