बिहिवार, श्रावण ८ २०७७
नेपाल वाइड
पहिरोका कारण विस्थापित भएपछि विद्यालयमा आश्रय लिइरहेका बोपुङका मणीकुमार राई ।
पहिरोका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन् । साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घरको पेटीबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएका हुन् ।
पेटीबाटै पहिरो गएपछि राई परिवारलाई सिंहदेबी माबिको कोठामा सारिएको बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताउनुभयो । पाखोमा बनाइएको घर पहिरोको थप जोखिममा परेकाले राई परिवारलाई केही समयका लागि सुरक्षित स्थानमा सारिएको हो ।
राई दम्पत्ती चार छोराछोरी सहित भाँडकुँडा, अन्न, ओढ्ने ओछ्याउने लगायतका सामान लिएर विद्यालयमा बसिरहेका छन् ।