Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    परीक्षाका लागि तयारी रहनुहाेस

    कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

    कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी


    • बिहिवार, श्रावण ८ २०७७

    • नेपाल वाइड


    कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

            राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै परीक्षा बोर्डले तयारी अगाडि बढाएको हो । आगामी असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने परिक्षा बोर्डको योजना रहेको छ ।

            परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको अनुशार ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य छ, त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेका छौं ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।

            सरकारले लकडाउन हटाउदै भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न अनुमति दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सबैभन्दा पहिले क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका विद्यालयहरुको सरसफाइ र निर्मलीकरण गरिने बताउनुभयो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्दै परीक्षाहरु स्थगित गरेको थियो ।

    सम्बन्धित समाचार