Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि लयालुको उम्मेदवारी घोषणा

    वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि लयालुको उम्मेदवारी घोषणा


    • बिहिवार, श्रावण ८ २०७७

    • नेपाल वाइड


    वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि लयालुको उम्मेदवारी घोषणा

            नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि खोटाङका व्यवसायी राजेन्द्र लयालुले उम्मेदवारी घोषणा गरेका छन् । आगामी साउन २६ र २७ गते काठ्माण्डौंमा हुने वाणिज्य महासंघको निर्वाचनका लागि लयालुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

           लयालुले जिल्ला नगर उद्योग बाणिज्य संघकातर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेको बताउनुभयाे । सामाजिक व्यक्तीत्वको छवी बनाएका लयालु खोटाङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

    Raju Layalu.jpg

           लयालुलाई बाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी गराउनका लागि उद्योग बाणिज्य संघ खोटाङले प्रचारङप्रसार सुरु गरिसकेको छ । निजी क्षेत्रको हक अधिकार सुनिश्चित गर्दै समय सापेक्षा बनाउने प्रयास र पहलका लागि वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिइएको लयालुले बताउनुभयो ।

    यसैबीच, आगामी साउन २६ र २७ गते काठ्माण्डौंमा तय भएको वाणिज्य महासंघको निर्वाचन भने केही समयका लागि सर्ने भएको छ ।

    सम्बन्धित समाचार