Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार

    ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार


    • बिहिवार, श्रावण ८ २०७७

    • नेपाल वाइड


    ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार

              काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार भएको छ । विहीबार साँझ बाफलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। एक युवकले कार्कीमाथि एसिड प्रहार गरेर फरार भएको उनले बताए ।

              फरार युवकको खोजी भइरहेको छ । ‘एसिड प्रहार गर्ने युवकको खोजी भइरहेको छ। थप अनुसन्धान हुँदैछ।’ एसएसपी ज्ञवालीले भने ।  साँझ पसल निस्किएको समयमा उनीमाथि एसिड प्रहार भएको बुझिएको एसएसपी ज्ञवालीले बताए ।

    एसिड परेर घाइते भएकी युवतीलाई कीर्तिपुर अस्पताल पुर्‍यााइसकिएको प्रहरीले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार