Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुनको भाउ ९५ हजार ८ सय पुग्यो

    सुनको भाउ ९५ हजार ८ सय पुग्यो


    • शुक्रवार, श्रावण ९ २०७७

    • नेपाल वाइड


    सुनको भाउ ९५ हजार ८ सय पुग्यो
    फायल तस्बिर

               सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेर ९५ हजार ८ सय पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाल सुन बिहीबार (हिजो) ९४ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो । 

            यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि तेजाबी सुनको भाउ तोलाको ९५ हजार ३ सय ६५ तोकेको छ । यस्तै चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको एक हजार एक सय ५० रुपैयाँ पुगेको छ । हिजो (बिहीबार) तोलाको ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित समाचार