Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोही चोइटिएला तर नेकपा फुट्दैन : माधव नेपाल

    कोही चोइटिएला तर नेकपा फुट्दैन : माधव नेपाल


    • शुक्रवार, श्रावण ९ २०७७

    • नेपाल वाइड


    कोही चोइटिएला तर नेकपा फुट्दैन : माधव नेपाल

             नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कसैले फुटाउन खोज्दैमा नेकपा नफुट्ने दाबी गर्नृुभएको छ ।  शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्नुहुदै सचिवालय तथा स्थायी समिति सदस्यसमेत रहेका उनले भने,‘नेकपा फुट्दैन । कोही चोइटिन खोजेमा चोइटिएला तर फुट्दैन।’ वहाँले आफू नै राज्य हो र आफूबिना संसार चल्दैन भन्ने भ्रममा समेत नपर्न आग्रह गर्नुभएको छ । ‘मनै राज्य हो, मबिना संसार चल्दैन भन्ने भ्रममा नपरौं’,उनले भने,‘आफूसँगै आन्दोलन समाप्त पार्ने प्रयास नहोस ।’

           अब पार्टी नयाँ सिराबाट अगाडि बढ्नुपर्ने वहाँले बताउनुभएको छ । त्यसको लागि ढिला गर्न नहुने वहाँले बताउनुभयो । ‘नयाँ सिराबाट अगाडि बढ्ने परिकल्पना गरौं। अब ढिला हुन लागिसकेको छ ।’

            वहाँले नीति र विचार ठूलो रहेको भन्दै पार्टी विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । ‘बहुमतको निर्णय पार्टीको निर्णय हो। यसलाई सबैले मानौ ं । त्यसलाई मान्दिनँ भनेर कसैले सुख पाउदैन । सबैमा बुद्धि पलाओस्, यसमै सबैको भलो हुनेछ ।’

            केही महिनादेखि नेकपा भित्र आन्तरिक विवाद चल्दै आएको छ । आन्तरिक विवाद साम्य पार्नको डाकिएको स्थायी समिति बैठक पटक–पटक स्थगित हुँदै आइरहेको छ । स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद झन् पेचिलो बन्दै गइरहेको छ । 

    सम्बन्धित समाचार