शनिवार, श्रावण १० २०७७
नेपाल वाइड
रेडियो तथा टेलीभीजन अनलाईन न्यूज पोर्टल दैनीक पत्रपत्रीका आदिमा दिनहु जसो आत्माहत्या सम्बन्धी समाचार देख्न सुन्न र पढन पाईन्छ । विश्वव्यापी रुपमा फैलीएको कोभीड १९ कोरोना भाईरस र यससंगै शुरुवात भएको बन्दाबन्दीको समयमा नेपालमा बाह्रसयभन्दा बढी मानीसहहरुले आत्माहत्या गरेको तथ्याङले देखाउछ । विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार विश्वमा प्रत्येक सेकेन्ड करिब ४० व्यक्तिले आत्माहत्या गर्ने गरेको देखिन्छ । प्रहरी प्रधान कार्यालयको तथ्याङक २०७५ अनुसार नेपालमा प्रत्येक दिन करिब १५ जना मानिसहरुले आत्माहत्या गर्ने गर्दछन र यो दर प्रत्येक वर्ष बढदो क्रममा छ । विश्व स्वास्थ्य संगठनको तथ्याङकले आत्माहत्या गर्ने राष्ट्रहरुको सुचीमा नेपाल सातौ स्थानमा रहेको देखाउदछ । आत्माहत्या एक सामाजिक घटना हो र यो विश्वका हरेक समाजमा घटने गर्दछ।विश्वमा आत्माहत्या नहुने त्यस्तो कुनै राष्ट्र र समाज छैनन । ईतिहासलाई अध्ययन गर्दा पनी विश्वका धेरै प्रसिद्ध व्यक्तिहरुले आत्माहत्या गरेको पाईन्छ । नेपालमानै पनी मल्ल कालमा कान्तीपुरका राजा विश्वजित मल्ल महिला अधिकारकर्मी योगमाया न्यौपाने नेपालका प्रथम प्रधानमन्त्री भिमशेन थापा चलचित्रकर्मी आलोक नेम्वाङ जस्ता प्रसिद्ध व्यक्तिहरुले आत्माहत्या गरेका थिए । झट्ट सुन्दा हेर्दा व्यक्तिगत घटना जस्तो देखिने आत्माहत्यामा कतिपय अवस्थामा व्यक्तिगत भन्दा पनी सामाजिक कारणहरुको बढी भूमिका रहेको पाईन्छ । समाजको सामाजिक सांस्कृतिक, धार्मीक बनावट सामाजिक असमानता र भेदभाव समाजमा उपलब्ध श्रोतहरुको असमान वितरण अवसरहरुमा पहुँच तथा बञ्चितिकरण लैङगिक हिंसा सामाजिक सम्बन्ध आदि जस्ता कारणहरुले पनी समाजमा दिनानुदिन आत्माहत्याको दर बढदो छ । प्रसिद्ध भारतीय कलाकार सुसान्त सिंह राजपुतले हालसालै गरेको आत्माहत्या होस या समाजमा धर्म, जात, वर्ण, अर्थ आदिको कारणले दैनिक हुने आत्माहत्या यी सबका पछाडी समाजिक कारणहरुले प्रत्यक्ष अप्रत्यक्ष भूमीका निभाएका हुन्छन ।
आत्माहत्या के हो ?
साधारण अर्थमा भन्ने हो भने आफ्नो जीवनको अन्त्य आफै गर्ने वा आफ्नो हत्या आफै गर्ने काम नै आत्माहत्या हो । कतीपय अवस्थामा दुख पीडाबाट मुक्ती पाउन मानिसहरुले आत्माहत्या गर्ने गरेको पाईन्छ । विभिन्न धर्म, समाजशास्त्री, मनोविज्ञ आदिले आफ्नो आफ्नो ढंगले आत्माहत्याको व्याख्या विश्लेषण गरेको पाईन्छ । हिन्दु धर्मको प्रवित्र ग्रन्थ महाभारतमा आत्माहत्या एक अपराध र आत्माहत्या गर्नेलाई मोक्ष र स्वर्ग प्राप्ती नहुने कुरा उल्लेख गरेको पाईन्छ । प्रसिद्ध मनोविज्ञ सिगमड फ्रायडले आत्माहत्यालाई अचेतन मनस्थितिको उपज भनेका छन भने बरिष्ठ फ्रेन्च दार्शनीक तथा समाजशास्त्री दुर्खाईमले आत्माहत्यालाई व्यक्तिको मानसिक वा शरिरमा उत्पन्न हुने हार्मोन कारण भन्दा पनी बढी उसका सामाजिक सम्बन्धहरुको उपज हो भनी आफ्नो पस्तक सुसाईडमा उल्लेख गरेका छन ।व्यक्तिगत कारणहरुभन्दा पनी बढी सामाजिक विषेषताहरुले आत्माहत्यालाई प्रोत्साहित गर्ने धारणा उनले राखेका छन।
नेपाली समाज र आत्माहत्या
माथिनै उल्लेख गरिएको छ कि आत्माहत्या एक सामाजिक समस्या हो । नेपाली समाज पनी यसबाट अछुतो छैन । विश्व स्वास्थ्य संगठनको तथ्याङकमा आत्माहत्या गर्ने राष्ट्रहरुको सुचीमा सातौ स्थानमा रहनु तथा आत्माहत्या गर्ने दर प्रत्येक वर्ष बढनुले नेपाली समाजमा आत्माहत्याको समस्या भयावह देखिन्छ । नेपाली समाजमा एउटा ठूलो समस्याको रुपमा रहेको समाजलाई विचलित बनाउने व्यक्ति, घरधुरी तथा परिवारको मानसिकतामा गहिरो असर गर्ने आत्माहत्या जस्तो संवेदनशिल सामाजिक विषयमा हाम्रो समाजमा यसको न्यूनीकरण, रोकथाम र परामर्शको क्षेत्रमा खासै बहस तथा उल्लेखनीय कदम चालीएको अवस्था देखिदैन । मानसिक रोगबाट ग्रसित हुने रोगिहरुको संख्या वृद्धिसगै नेपालमा आत्माहत्याको दर पनी बढेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङलाई हेर्दा वर्ष २०६९/७० मा १३०७ वर्ष २०७०/७१ मा १०९० वर्ष २०७१/७२ मा ११८६ वर्ष २०७३/७४ मा १२१५ वर्ष २०७४/७५ मा १३८६ गरी विगत छ वर्षको अवधीमा ४४८१ जनाले गरिबी, बेरोजगारि, मानसिक स्वास्थ्य अवस्था, बदलिदो जीवनशैली जस्ता विभिन्न कारणले आत्माहत्या गरेको देखिन्छ । विश्वव्यापी रुपमा फैलीएको कोभीड १९ कोरोना भाईरस र यससंगै शुरुवात भएको बन्दाबन्दीको समयमा नेपालमा ३ महिनाको अवधिमा १२०० भन्दा बढीले आत्माहत्या गरेका छन । नेपाली समाजमा आत्माहत्या गर्ने क्रममा मानिसहरुले विभिन्न तरिकाहरु अपनाएको देखिन्छ । नेपालमा हुने आत्माहत्या मध्ये डोरीले पासो लगाई गरिने आत्माहत्या अधीक छ । विभिन्न तरिकाहरुमध्ये बढीजसो यूवाहरुले विष पान गरि आत्माहत्या गर्ने गरेको तथ्याङले देखाउछ । प्रतीदिन हुने आत्महत्या मध्ये यूवाहरुमा ३ जनाले विष सेवन गर्ने गरेको पाईन्छ वर्ष २०७४/७५ मा १३२० मानिसहरुले विष सेवन गरि आत्माहत्या गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ । लैङगिक रुपमा हेर्ने हो भने नेपालमा आत्माहत्या गर्ने दर पुरुषमा बढी छ यद्यपी पुरुष भन्दा महिलाहरुले तीन गुणा बढी आत्माहत्याको प्रयास गर्ने गरेको देखिन्छ ।
कस्ता व्यक्तिहरुले आत्माहत्या गर्ने संभावना बढी रहन्छ ?
समाजमा विभिन्न किसिमका व्यक्ति शिक्षित अशिक्षित धनी गरिब रोजगार बेरोजगार यूवा वृद्ध सबै किसिमका मानिसहरुले आत्माहत्या गरेको देखिन्छ । निश्चित पेशा वर्ग क्षेत्रका मान्छेहरुले आत्माहत्या गर्छन भनेर आकलन गर्न सकिदैन यद्यपी यस्ता अवस्थामा रहेका मानिसहरुले आत्माहत्या गर्ने संभावना बढी रहन्छ ।
१ सम्बन्ध विच्छेद वा मृत्युका कारण एक्लो भएका प्रौढ
२ विगतमा आत्माहत्याको प्रयास गरेका व्यक्ति
३ परिवारमा आत्माहत्याको ईतिहास भएका व्यक्ति
४ नजीकका मीत्र तथा सहकर्मीले आत्माहत्या गरेका व्यक्ति
५ शारारिक र मानसिक रुपमा विक्षिप्त व्यक्ति
६ यौन दुरव्यवहारमा परेका व्यक्ति
७ अविवाहित सीप तथा रोजगार नभएका व्यक्ति
८ दीर्घरोगी
९ मानसिक परामर्शमा रहेका मानसिक रोगी
आत्माहत्याका लक्षण तथा संकेतहरु
शरिरमा लाग्ने अन्य शारारिक रोगहरुमा जस्तो निश्चित लक्षणहरु आत्माहत्यामा देखिदैनन तथापी आत्माहत्या गर्ने वा आत्माहत्याको प्रयास गर्ने व्यक्तिहरुले कुनै न कुनै व्यवहारिक लक्षणहरु देखाउने गर्दछन । जस्तै
१ मर्न मन लागेको कुरा गर्ने ।
२ मर्ने उपायहरुको खोजी गर्ने ।
३ आशाहिन तथा उद्धेश्यविहिन भएको कुरा गर्ने ।
४ बाध्यतामा परेको र सहन नसकिने पीडा भएका कुरा गर्ने ।
५ परिवार तथा समाजप्रती बोझ भएको महशुश गर्ने तथा कुरा गर्ने ।
६ अत्याधिक मात्रामा मद्यपान वा औषधी सेवन गर्ने ।
७ अत्याधिक सुत्ने वा ज्यादै कम सुत्ने ।
८ एकान्तमा बस्न मनपराउने आफैमा हराउने ।
९ ईच्छुक लापरवाह र आन्दोलित भएको अभिनय गर्ने ।
१० क्रोधी र बदलाको भावना राख्ने ।
११ दैनीक कृयाक्लापहरुमा रुचि नदेखाउने ।
१२ व्यवहारमा अस्वभाविक परिवर्तन देखाई रहने ।
के आत्माहत्यालाई रोक्न सकिन्छ ?
समाजबाट आत्माहत्यालाई पूर्ण रुपमा निर्मुल गर्न रोक्न वा नियन्त्रण गर्न संभव छैन । आत्माहत्या सम्बन्धी गरिएको विभिन्न अध्ययन अनुसन्धानले यसको दरलाई कम गर्न भने सकिने देखाउछ ।आत्माहत्यालाई असर गर्ने तत्व मानसिक विचलन नैराश्यता आत्माहत्याको संकेत वा लक्षण आदिमा सजग रहने र बेलैमा सम्बोधन गर्ने हो भने यसको दरमा कमी ल्याउन भने अवश्य सकिन्छ ।
आत्माहत्या रोकथाम तथा न्यूनीकरणका उपायहरु
सामाजिक समस्याको रुपमा रहेको आत्माहत्यालाई विभिन्न उपायहरुको अवलम्बन गरि यसको दरलाई कम तथा न्यून गर्न सकिन्छ । यसको रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न उपायहरु अबलम्बन गर्न सकिन्छ ।
१ व्यक्तिमा देखिएका आत्माहत्या सम्बन्धी लक्षण तथा संकेतहरुमा चासो देखाएर
२ आत्माहत्या घटाउन सक्ने तत्वहरुलाई सम्बोधन गरेर
३ व्यक्ति प्रती सहयोग र परोपकारी भावना राखेर
४ व्यक्तिलाई मानसिक स्वास्थ्य तथा परामर्श प्रदान गरेर
५ व्यक्ति परिवार समाजबीच दरिलो सम्बन्ध स्थापना गरेर
६ व्यक्तिगत भावनाको कदर तथा सम्मान गरेर
७ व्यक्तिको लागि असल श्रोता बनेर
समाजमा एक सामाजिक समस्याको रुपमा रहेको आधुनीक समाजमा विभिन्न सामाजिक सम्बन्धका कारण दिनहु जसो घटने आत्माहत्या जस्तो पीडादायी घटनाको शिकार जहाँ जहिले जो पनी हुन सक्छ । यसर्थ हामी सबैको सामाजिक प्रयासले यसलाई रोकथाम नियन्त्रण र न्यूनीकरण गरी असल समाज निर्माणको लागि प्रत्येक नागरिकले जिम्मेवारी बहन गर्न सक्छौ ।
लेखक प्रवास उदास दिक्तेल वहुमुखी क्याम्पस दिक्तेलमा समाजशास्त्र संकायतर्फ स्नात्तकोत्तर तहका सहायक प्राध्यापक हुनुहुुन्छ ।