Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बलिउड सुपरस्टारका बडिगार्ड, लिन्छन् करोडौँ पारिश्रमिक

    बलिउड सुपरस्टारका बडिगार्ड, लिन्छन् करोडौँ पारिश्रमिक


    • शनिवार, श्रावण १० २०७७

    • नेपाल वाइड


    बलिउड सुपरस्टारका बडिगार्ड, लिन्छन् करोडौँ पारिश्रमिक

    भारतिय सुपरस्टार सलमान खानका बडिगाड् हुन सेरा । सुगठित शरीर र इमान्दारिताका कारण सेरा लामो समयदेखि सलमानसँगै छन् । वर्षमा करोडौँ रुपैयाँ लिने सेरा चर्चामा आइरहने पात्र हुन् ।

    त्यस्तै बलिउडमा सय करोड क्लबका राजा मानिने अक्षय कुमारका बलिगार्ड हुन् श्रेयासे थेले । श्रेयासे थेलेका अक्षयले आफुलाई सुरक्षित रहेको अनुभूति गरिरहेका छन् ।

    उनले आफ्ना बडिगार्डलाई मासिक २० लाख भारतीय रुपैयाँ दिने गरेका छन् भने उनले वर्षमा २ करोड ४० लाख भन्दा बढी तलव नै दिँदै आएका छन् ।

    अक्षयले उच्च शिक्षाका लागि उनले मुम्बईकै गुरु नानक कलेजमा भर्ना लिएका थिए, तर किन हो कुन्नी बीचमै पढाइ छाडे। उनले आफ्नो बडिगार्डको लागि ठूलै रकम खर्च गर्ने गरेकोमा कुनै पछुतो नरहेको बताउने गर्छन् ।

    त्यस्तै नायिका दीपिका पादुकोण पनि आफ्ना बडिगार्डलाई वार्षिक करोडौँ रुपैयाँ खर्च गर्ने गर्छिन् । दीपिका बडिगार्ड जलाल पनि पछिल्लो समय चर्चामा छन् ।

    त्यस्तै आमिर खानका बडिगार्ड युवराज घोरपडे, बलिउड अमिताभ वच्च्नका कडिगार्ड जितेन्द्र सिन्धे, शाहरुख खानका बडिगार्ड रवि सिंह लगायतका कारण बलिउड सुपरस्टारहरुले सुरक्षीत महशुस गरिरेहका छन् ।

    उनीहरुले आफ्ना बडिगार्डलाई उनीहरुले डिमाण्ड गरे अनुसारको पारिश्रमिक दिँदै आएका छन् । जसमध्ये सलमान खानले सर्वाधिक पारिश्रीमक दिएर सेरालाई राखेको आजतकले उल्लेख गरेको छ । जो ह्णडसम भएका कारण पनि सदावहार रुपमा मिडियामा छाइरहन्छन् ।

    सम्बन्धित समाचार