शनिवार, श्रावण १० २०७७
नेपाल वाइड
सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्ष धर्मराजसिंह महतोलाई कुटेको आरोपमा प्रहरीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सकलदेव रायलाई पक्राउ गरेको छ ।
रायले वडाध्यक्ष महताेलाई बिहीबार साँझ सहयाेगीसँग मिलेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।कुटपिटको आरोपमा राय, उनका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी विश्वमणि पोख्रेलले जानकारी दिए । कुटपिटबाट वडाध्यक्ष महतोको हात, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
उनलाई जिल्ला अस्पताल मलंंगवामा प्राथमिक उपचा र गरी थप उपचारका लागि शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल लगिएको पीडित परिवारले जनाएको छ ।
कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना भएकै दिन पक्राउ गरेको र प्रमुख प्रशासकीय अधिकृतलाई सोधपुछका लागि शुक्रबार पक्राउ गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताए । राससका अनुसार वडाध्यक्षका परिवारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृतसहित अन्य चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन् ।