Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा फेरी देखियो १ जनामा कोरोना संक्रमण

    खोटाङमा फेरी देखियो १ जनामा कोरोना संक्रमण


    • शनिवार, श्रावण १० २०७७

    • नेपाल वाइड


    खोटाङमा फेरी देखियो १ जनामा कोरोना संक्रमण
    प्रतिकात्मक तस्बिर

              खोटाङमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । जिल्लाका ११ जना संक्रमित उपचारपछि घर फर्किसकेको केही समयपछि बराहपोखरी गाउँपालिका–५ पौवासेराका एक ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पूष्टी भएको हो ।

           विदेशबाट काठ्माण्डौं ओर्लिएर बराहपोखरी जानेक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माबिको क्वारेन्टीनमा राखिएका पुरुषलाई शनिबार कोरोना संक्रमण पूष्टी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
    सरस्वती माबिमा राखिएका १७ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि पठाइएकामा उनको रिपोर्ट पोजिटिभ आएको हो ।

          संक्रमतिलाई हाल जिल्ला अस्पतालको आइसोलेसनमा लगेर राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । क्वारेन्टीनमा उनीसँगै एउटै कोठामा राखिएका अन्य तीन जनाको पुःन पिसिआर परिक्षणको तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।
    यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना र ऐसेलुखर्क गाउँपालिकाका १ जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किसकेका छन् ।

    खोटाङमा ६५५ जनाको पिसिआर परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पूष्टी भएको थियो ।

    सम्बन्धित समाचार