Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    झाडापखालाबाट बचाउन खोटाङका बालबालिकालाई ‘रोटा खोप’ दिन सुरु

    झाडापखालाबाट बचाउन खोटाङका बालबालिकालाई ‘रोटा खोप’ दिन सुरु


    • शनिवार, श्रावण १० २०७७

    • नेपाल वाइड


    झाडापखालाबाट बचाउन खोटाङका बालबालिकालाई ‘रोटा खोप’ दिन सुरु

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले समाएको बच्चालाई रोटा खोप दिँदै स्वास्थ्यकर्मी ।       

            खोटाङका बालबालिकालाई ‘रोटा खोप’ दिन सुरु गरिएको छ । झाडापखालाबाट बचाउनका लागि शनिबारदेखि जिल्लाका सात स्थानीय तहका कलिला बालबच्चालाई रोटा खोप दिन सुरु गरिएको हो ।

           बच्चा जन्मेको ६ हप्ता पुगेपछि र १० हप्ता पुगेपछि दिनुपर्ने रोटा खोप सम्वन्धित स्थानीय तहका स्वास्थ्य संस्था वा तोकिएको केन्द्रबाट बालबच्चालाई दिन सुरु गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयाे ।

            जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपीलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका बालबालिकालाई रोटा खोप दिन सुरु गरिएको हो । सात गाउँपालिकाका बालबालिकालाई साउन १२ गतेसम्म रोटा खोप दिइने छ ।

          यस्तै, बाँकी रहेका खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका बालबच्चालाई साउन २० गतेदेखि २२ गतेसम्म रोटा खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

          दुई वर्षमुनिका बालबच्चाको मृत्युको कारण झाडापखाला पनि कारणकारुपमा देखिएकाले यसपल्टदेखि झाडापखाला विरुद्धको रोटा खोप थप भएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताउनुभयाे ।

         हालसम्म पाँच वर्षमुनिका बालबच्चाले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार, पोलियो, दादुरा, रुबेला, निमोनिया, हेपाटाइटिस ‘बि’, हेमोफिलस इन्फ्ल्युएन्जा बी र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप पाउने गरेकाका रोटा खोप थप भएको हो । आगामी दिनमा बालबच्चालाई अन्य ११ खोपसँगै रोटा खोप दिइने सिग्देलले बताउनुभयाे ।

    स्वास्थ्य कार्यालयका अनुशार जिल्लामा करिब १ हजार ८ सय बालबालिकाले रोटा खोप पाउने छन् ।

    RATA KHOP.jpg

    सम्बन्धित समाचार