Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अधिक रक्तश्राव भएकी सुत्केरीको हेलीकोप्टरमार्फत उद्धार

    अधिक रक्तश्राव भएकी सुत्केरीको हेलीकोप्टरमार्फत उद्धार


    • आइतवार, श्रावण ११ २०७७

    • नेपाल वाइड


    अधिक रक्तश्राव भएकी सुत्केरीको हेलीकोप्टरमार्फत उद्धार

      अधिक रक्तश्राव भएपछि सछितापोखरीकी रेनुका वन गिरीलाई काठ्माण्डौं पठाउने तयारी गर्दै आफन्त र सुरक्षाकर्मी

          अधिक रक्तश्रावका कारण सिकिस्त भएकी खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलीकोप्टरमार्फत उद्धार गरेर काठ्माण्डौं लगिएको छ । बर्थिङ सेन्टरमा जुम्ल्याहा बच्चालाई जन्म दिए पनि रक्तश्राव नरोकिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीकी रेनुका वन गिरीलाई आईतबार हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाइएको हो ।

             महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं पठाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

             शनिबार सछितापोखरी बर्थिङ सेन्टरमा जुम्ल्यहा बच्चालाई जन्म दिएकी रेनुकाको अधिक रक्तश्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलीकोप्टरबाट उद्धार गरिएको हो ।

    diprungg heli Photo nepalwide.jpg

          बच्चा जन्माएपछि अधिक रक्तश्राव भएकाले गाउँपालिका अध्यक्ष राई र उपाध्यक्ष सपना राईको पहलमा हेलीकोप्टर झिकाएर रेनुकालाई थप उपचारमा पठाइएको हो । दुई बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीको भनाई छ ।

            दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि यसअघि बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीय तारा राईलाई गत असार ४ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत उद्धार गरिएको थियो ।

             यस्तै, अधिक रक्तश्राव हुँदा बिरामी परेकी ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी सिर्जना तामाङलाई गत चैत १५ गते सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं लगिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी २३ वर्षीय रविता विक र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विकको पनि उद्धार गरिएको थियो ।

    सम्बन्धित समाचार