Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    क्रियासिल सदस्यता फारम हस्तान्तरण

    नेपाली कांग्रेस खोटाङ १४ औ महाधिबेसनमा केन्द्रीत

    नेपाली कांग्रेस खोटाङ १४ औ महाधिबेसनमा केन्द्रीत


    • आइतवार, श्रावण ११ २०७७

    • नेपाल वाइड


    नेपाली कांग्रेस खोटाङ १४ औ महाधिबेसनमा केन्द्रीत

     सिमपानीमा आयोजित कार्यक्रममा उपस्थित कांग्रेस महासमिति सदस्य रबिप्रकाश राई लगायत ।

        नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर २ ले कांग्रेसको गाउँपालिका कार्य समितिलाई क्रियासिल सदस्यता फारम हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसको १४ औं महाधिबेसनलाई लक्ष्यीत गर्दै कांग्रेसको क्षेत्रीय समितिले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका कार्य समितिलाई क्रियासिल सदस्यता फारम हस्तान्तरण गरेको हो ।

           सिमपानीमा आयोजित कार्यक्रममा नगर तथा गाउँपालिका कार्य समितिका सभापतिलाई क्रियासिल सदस्यता फारम हस्तान्तरण गरिएको हो । पुःन वडा कार्यसमितिलाई बुझाउने र वडा समितिबाट सक्रिया कार्याकर्तालाई क्रियासिल सदस्यता वितरण गर्नेगरी क्रियासिलता सदस्यता फारम हस्तान्तरण गरिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।

         महासमिति सदस्य रबिप्रकाश राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्रियासिल सदस्यता फारम हस्तान्तरण गरिएको क्षेत्रीय उपसभापति केशव खत्रीले बताउनुभयो ।

         कार्यक्रममा महासमिति सदस्य राई, कांग्रेसका पुर्व जिल्ला कार्य समिति सदस्य पञ्चुकुमार राई, खोटाङ काठ्माण्डौं सम्पर्क समितिका पुर्वअध्यक्ष शम्भु कार्की, बराहपोखरी गाउँपालिका सभापति खिलाराज राई, जन्तेढुंगा गाउँपालिका उपभापति बाजिन्द्र बिष्ट, साकेला गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्का, दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राई, नेपाल शिक्षक संघका प्रदेश उपमहासचिवको जर्ण चाम्लिङ, नेबिसंघका उपाध्यक्ष नइन्द्र राई, सचिव राजदेश राई, सिमपानीका वडाध्यक्ष चन्द्र थापा, सछितापोखरीका वडासदस्य अमृत गिरी लगायतले बोलेका थिए ।

    कार्यक्रम क्षेत्रीय उपसभापति चण्डीराज राईको सभापतित्वमा सञ्चालन गरिएको थियो ।

    सम्बन्धित समाचार