Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको विपद व्यवस्थापन योजना

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको विपद व्यवस्थापन योजना


    • आइतवार, श्रावण ११ २०७७

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको विपद व्यवस्थापन योजना

    विपद व्यवस्थापन योजना निर्माणकाक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल लगायत 

           खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपद व्यवस्थापन योजना बनाएको छ । नगरपालिकाका मेयर दिपनारायण रिजालको संयोजकत्वमा गठन गरिएको नगर विपद व्यवस्थापन समितिको आईतबार बसेको बैठकले विपद व्यवस्थापन योजना बनाएको हो । विशेषगरी वर्षा याममा भारी वर्षाका कारण आइपर्न सक्ने बाढीपहिरो तथा कोभिड–१९ लाई लक्ष्यीत गर्दै नगरपालिकाले विपद व्यवस्थापन योजना बनाएको हो ।

             वर्षाका कारण हुने सम्भावित बाढी पहिरोबाट जनधनको बचाउका लागि नगरपालिकाका १५ वटै वडाका जोखिमपूर्ण स्थलको नक्सांकन गर्ने, जोखिमयुक्त स्थलका नागरिकलाई सचेत गराउने, उद्धार तथा विपद प्रतिकार्यका लागि सुरक्षाकर्मी एबं स्वयंसेवक परिचालन गर्ने, विपदपछि निम्तिने समस्या हल गर्नका लागि राहत तथा उद्धारका सामग्री तयारी अवस्थामा राख्ने, वडा–वडाबाटै राहत वितरणको प्रवन्ध गर्ने लगायतका योजना बनाइएको छ ।

           जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, रेडक्रस, गैसस महासंघ लगायतका प्रमुख तथा प्रतिनिधिको राय र परामर्शका आधारमा नगरपालिकाको विपद व्यवस्थापन योजना बनाइएको नगर विपद व्यवस्थापन समितिका संयोजक एबं मेयर रिजालले बताउनुभयो ।

           वर्षा याममा अवरुद्ध हुने सडक सुचारु गराउनका लागि जेसिभि तयारी अवस्थामा राखिएको, आगलागीका लागि दमकललाई कन्डिसनमा राखिएको नगरपालिकाले जनाएको छ । यस्तै, कोभिड–१९ को संक्रमण रोकथामका लागि नगरपालिका भित्रिने स्थानीयलाई अनिवार्य क्वारेन्टीनमा राखेर पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाइएको मेयर रिजालले बताउनुभयो ।

            प्राकृतिक तथा गैर–प्राकृतिक विपदलाई व्यवस्थापनका लागि गत माघ २९ गते कार्यविधि पारित गरेको नगरपालिकाले विपद व्यवस्थापन योजना बनाएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राई, सुरक्षा निकायका प्रमुख, रेडक्रस, गैसस महासंघ, उद्योग बाणिज्य संघ, विषयत समितिका संयोजक, वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार