Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साँढे आठ सय किसानलाई फलफुलको बेर्ना वितरण

    साँढे आठ सय किसानलाई फलफुलको बेर्ना वितरण


    • सोमवार, श्रावण १२ २०७७

    • नेपाल वाइड


    साँढे आठ सय किसानलाई फलफुलको बेर्ना वितरण

    ट्याक्टरबाटै किसानलाई फलफुलका बेर्ना वितरण गर्दै खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मिलन राई ।

            खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाले साँढे आठ सय किसानलाई फलफुलको बेर्ना वितरण गरेको छ ।

            वडालाई फलफुलको उत्पादन क्षेत्रकारुपमा स्थापित गर्ने लक्ष्यकासाथ सहकारीका पाँच सय सदस्य तथा अन्य किसानलाई सुन कागती, आँप, लिची र एभोकार्डोको बिरुवा वितरण गरेको हो । डिभिजन वन कार्यालय खोटाङ र भूः तथा जलाधार कार्यालय ओखलढुंगाले फलफुलका बेर्ना उपलव्ध गराएपछि किसानलाई वितरण गरिएको खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मिलन राईले बताउनुभयो ।

           सहकारीको समन्वयमा किसानलाई सुन कागतीको ३ हजार ५ सय बोट, अम्रपाली जातको आँपको ५ सय बोट, लिचीको साँढे तीन सय बोट र एभोकार्डोको २ सय ५० बोट बिरुवा बाँडिएको हो । फलफुललाई किसानको आम्दानीको श्रोतकारुपमा विकास गर्ने लक्ष्यकासाथ बेर्ना वितरण गरिएको सहकारीले जनाएको छ ।

           भूःगोल र हावापानी अनुशार स्थानीयलाई लिची, आँप, कागती र एभोकार्डोको बिरुवा वितरण गरिएको छ । बुईपाको बेँसी क्षेत्रका किसानलाई लिची, आँप र कागतीका बिरुवा बढि मात्रामा वितरण गरिएको छ ।

          आर्थिक वर्ष २०७६/०७७ मा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेटबाट बुईपामा कोल्डस्टोर निर्माण गरिएसँगै सहकारी फलफुल खेती प्रवद्र्धनमा लागेको हो । स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको ५० लाख बजेटमा निर्माण गरिएको कोल्डस्टोरलाई सदुपयोग गर्दै किसानको आर्थिक संवृद्धिका लागि गाउँमा लिची, आँप, कागती, एभोकार्डो लगायतका फलफुल खेती विस्तार गरिएको सहकारीका अध्यक्ष राईले बताउनुभयो ।

          ‘बुईपामै ८० टन क्षमताको कोल्डस्टोर बनाएका छौँ । कोल्डस्टोरको क्षमता अनुशारको फलफुल उत्पादन गर्न र स्टोर गर्ने हाम्रो लक्ष्य हो,’ अध्यक्ष राईले भने, ‘फलफुललाई चार/पाँच महिनासम्म सुरक्षित भण्डार गर्न सक्छौँ ।

          तरकारीलाई समेत केही समय सुरक्षित गर्न सकिन्छ । संरचना बनाएर मात्र भएन, सदुपयोग गर्ने हाम्रो सोच हो ।’ बुईपामा कोल्डस्टोर निर्माण भएपछि कागती, नासपाती, करेला, आलु, फर्सी जस्ता फलफुल तथा तरकारीलाई लामो समयसम्म स्टोर गर्न सकिने वातावरण बनेको छ ।

    सो कोल्डस्टोरमा अन्य ठाउँका किसानले समेत आफ्नो फलफुल तथा तरकारीलाई स्टोर गरेर सुरक्षित गर्न सक्ने सहकारीका अध्यक्ष राईले बताउनुभयो ।

    सम्बन्धित समाचार