सोमवार, श्रावण १२ २०७७
नेपाल वाइड
यो साता विश्वका विभिन्न भागमा खिचिएका केही रोजिएका शक्तिशाली तस्बिरहरू

तस्बिर स्रोत,AMIT DAVE/REUTERS
तस्बिरको क्याप्शन,
भारतको अहमदाबादस्थित एक आवासीय अपार्टमेन्टमा कोरोनाभाइरस परीक्षण गर्न स्वाबहरू लिएपछि एक स्वास्थ्यकर्मीको निधारमा देखिएको पसिनाका थोपाहरू। भारतमा अमेरिका र ब्राजिलपछि विश्वकै तेस्रो ठूलो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमितहरू छन्।
तस्बिर स्रोत,MUNIR UZ ZAMAN/AFP
बाङ्ग्लादेशको राजधानी ढाकामा पानी जमेको सडकमा यात्रा गरिरहेकाहरू। संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला संयोजन कार्यालयका अनुसार मनसुनी बाढीले २४ लाख मानिस प्रभावित भएका छन्

तस्बिर स्रोत,RUPAK DE CHOWDHURI/REUTERS
भारतको कोलकातामा कोरोनाभाइरस सङ्क्रमण परीक्षणका लागि एक महिलाको स्वाब सङ्कलन गर्दै एक स्वास्थ्यकर्मी

तस्बिर स्रोत,CARMELO ISGRO/MUMA MUSEO DEL MARE DI MILAZZ
इटलीमा तटरक्षक गोताखोरहरूले सिसिलियन एओलियन टापुमा माछा मार्ने जालीमा अल्झिन पुगेको स्पर्म ह्वेललाई मुक्त गराएका थिए। स्पर्म ह्वेल विशाल आकारको प्रजाति हो ।
तस्बिर स्रोत,LAVANDEIRA JR / EPA
स्पेनको पोर्टो डी सन स्थित पर्यटकमाझ लोकप्रिय समुद्री तटबाट देखिएको जङ्गलमा लागेको आगोबाट निस्किएको धुवाँको मुस्लो

तस्बिर स्रोत,DAI KUROKAWA/EPA
क्योटो, जापानमा कियोमिजुडेरा मन्दिर नजिकै मास्क लगाएर हिँडिरहेका महिलाहरू

तस्बिर स्रोत,BAZ RATNER/REUTERS
केन्या नाइभाशास्थित ग्रीनहाउस बनाएर गरिएको गुलाफखेती स्थलमा फूलका लहरबीच हिँडिरहेका एक कामदार

तस्बिर स्रोत,VICTORIA JONES/PA WIRE
जुलियन असान्जलाई सुपुर्दगी गर्ने भन्ने प्रस्तावको विरोधमा फ्याशन डिजाइनर डेम भीभीएन वेस्टवूड लण्डनको अदालतबाहिर एउटा ठूलो पिँजडामा बसेर विरोध गर्दै

तस्बिर स्रोत,JONATHAN BRADY/PA WIRE
लण्डनस्थित टेट मोडर्न ग्यालरीमा ब्रिटिश लाइब्रेरीबारे यीङ्का शोनीबेयरको कलाकृति अगाडि उभिएकी एक कर्मचारी । यो ग्यालरी सर्वसाधारणका लागि खोल्ने तयारी हुँदैछ ।

तस्बिर स्रोत,CHRISTOPHER FURLONG/GETTY IMAGES
१५ फीट अग्लो चम्चा कलाकृति यूकेको क्र्याम्लिङ्ग्टनस्थित दुई खेतबीच रहेको छ। यो कलाकार बब बडले बनाएका हुन् । नर्थमबरल्यान्डमा न्याशनल लटरी संस्थाको सहयोगमा सन् २००६ मा यस्तो मूर्ति बनाउन लगाइएको थियो । उसले बनाउन लगाएको कला मार्गको यो एक अंश भएकाे विविसिले उल्लेख गरेको छ । सबै तस्बिरहरूको सर्वाधिकार तस्बिरमा उल्लेख भए बमोजिम नै रहेको छ।