मंगलवार, श्रावण १३ २०७७
नेपाल वाइड
पछिल्लो २४ घण्टामा २५ दिनयताकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २५ दिन यताकै सबैभन्दा बढी कोरोना मंगलबार थपिएका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण एकदिनमा अहिलेसम्मकै सबैभन्दा बढी असार १९ गते देखिएका थिए । उक्त दिन ७४० जनामा कोरोना संक्रमण देखिएको थियो । सोही दिन ८२३ जना संक्रमणमुक्त भएका थिए ।
असार १९ सम्म संक्रमितको संख्या १५ हजार २५९ थियो भने निको हुनेको कुल संख्या छ हजार १४३ जना थियो । त्यसैगरी असार १९ सम्म ३२ जना संक्रमितको मृत्यु भएको थियो । त्यसयताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्गर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कोरोना ग्राफ हेर्दा संक्रमणको दर घट्दो क्रममा देखिन्थ्यो ।
सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको सातौं दिन मंगलबार ३११ कोरोना संक्रमित फेला परेका हुन् । हालसम्म देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने ४९ जनाको मृत्यु भएको छ ।
असार १९ गते सर्वाधिक ७४० कोरोना भाइरस संक्रमित फेला परेका थिए । सोही दिन ८२३ जना डिस्चार्ज भएका थिए । असार २० गते भने कोरोना संक्रमितको संख्या एकाएक ओरालो लागेर २४ घण्टाको अवधिमा २३२ जना थपिएका थिए । उक्त दिन कोरोना निको हुनेको संख्या २७२ थियो । तर, दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । असार २१ गते २९३ कोरोना संक्रमित थपिएका थिए भने १३२ जना निको भएर घर फर्किएका थिए । असार २२ गते १८० कोरोना संक्रमित थपिएका थिए भने २६४ जना डिस्चार्ज भएका थियो ।
त्यसैगरी, साउन १ गते १६७ जना संक्रमित थपिएका थिए भने २२४ जना कोरोना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । साउन २ गते १०१ कोरोना संक्रमित थपिए भने २८५ जना कोरोना निको भएका थिए । उक्त दिन एक जना कोरोनाबाट मृत्यु भएको थियो । साउन ३ गते ५७ जना कोरोना संक्रमण देखिएको थियो भने १०३ जना संक्रमित डिस्चाज भएका थिए ।
यो २५ दिनको अवधिमा देखिएका सबैभन्दा कम संक्रमितको संख्या हो । साउन ४ गते १५६ जना कोरोना संक्रमित थपिए भने ५८ जना कोरोना निको भएका थिए । साउन ५ गते १८६ जना संक्रमित थपिएका थिए भने १७३ जना कोरोना निको भएका थिए । साउन ६ गते १५० जना कोरोना संक्रमित थपिए भने ६०९ जना कोरोना निको भएका थिए ।
साउन ७ गते १ सय जना कोरोना संक्रमित थपिए भने २०७ जना निको भएका थिए । भने दुई जनाको कोरोनाबाट ज्यान गएको थियो । साउन १२ गते १३९ जना कोरोना संक्रमित थपिए भने ६२६ जना संक्रमित डिस्चार्ज भएका थिए भने ३ जनाको मृत्यु भएको छ । साउन १३ गते मंगलबार ३११ जना कोरोना संक्रमित थपिँदा १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ ।