Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरद्धारा यस आवमा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन

    एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरद्धारा यस आवमा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन


    • मंगलवार, श्रावण १३ २०७७

    • नेपाल वाइड


    एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरद्धारा यस आवमा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन

               एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल रु २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले कूल रु ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु २१ अर्ब २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरको छ ।

            कार्यालयबाट प्राप्त जानकारी अनुसार आव २०७४/७५ मा रु ३२ अर्ब ८१ करोड ३० लाख ८३ हजार राजश्व सङ्कलन भएको थियो भने सो अवधिमा रु ३१ अर्ब २४ कारेड ४८ लाख ८१ हजार लक्ष्यमा रु एक अर्ब ५६ करोड ८२ लाख दुई हजारले बढी अर्थात १०५ दशमलव शूल्य दुई प्रतिशत प्रगति गरेको थियो । यस्तै, आव २०७५/७६ मा कूल रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार मात्र राजश्व सङ्कलन गरेको थियो ।

            आव २०७४/७५ मा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गर्न सफल सो कार्यालयले आव २०७५/७६ मा पनि राजश्व लक्ष्य भन्दा कम उठ्नुको कारण सो वर्ष फागुन महिनादेखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुको कारण थियो भने गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापरिक कारोवार ठप्प हुनु आयात एवं निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिनुभयो ।

            उहाँले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजश्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको चर्चा गर्नुभयो । अहिले सङ्कलित राजश्व आव २०७५/७५ को भन्दा रु चार अर्ब ४४ करोड ९६ लाख ५४ हजारले कम हो भने आव २०७५/७६ को तुलनामा रु नौ अर्ब ९२ करोड ६० लाख ५९ हजारले कम हो ।

             विगत तीन वर्षको भन्सारको राजश्वलाई नियाल्दा विभागले लक्ष्य बढाउने र कार्यालयले लक्ष्यअनुसार प्रगति गर्न नसक्दा कर्मचारीमा निराशा मात्र होइन, काम गर्ने जागर पनि घट्ने भएको यसतर्फ विभागको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । गएको आवमा सङ्कलित राजश्वमा भन्सार महसुल रु १२ अर्ब चार करोड २९ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु १४ अर्ब ७६ करोड ७४ लाख ४७ हजार र अन्तःशुल्क रु एक अर्ब ५५ करोड ३० लाख ६७ हजार छन् ।

    सम्बन्धित समाचार