Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खोटाङ जिल्लामा जवरजस्ती करणीका मुद्धा दर बढ्दो

    जिल्ला अदालत खोटाङबाट गत आर्थिक वर्षमा १३५ मुद्धा फस्र्योट

    जिल्ला अदालत खोटाङबाट गत आर्थिक वर्षमा १३५ मुद्धा फस्र्योट


    • बुधवार, श्रावण १४ २०७७

    • नेपाल वाइड


    जिल्ला अदालत खोटाङबाट गत आर्थिक वर्षमा १३५ मुद्धा फस्र्योट

    जिल्ला अदालत खोटाङको कार्यालय । 

            जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७६/०७७ मा १३५ वटा मुद्धा फस्र्यौट गरेको छ । एक आर्थिक वर्ष विभिन्न प्रकृतिका १६१ वटा मुद्धा फस्र्यौट गर्ने लक्ष्य लिएको जिल्ला अदालतले सुरु मुद्धातर्फ १२७ वटा, पुनरावेदनतर्फ ४ वटा र निषेधाज्ञा/रिटतर्फका ४ वटा मुद्धा फस्र्यौट गरेको जानकारी दिएको छ ।

            मंगलबार पत्रकारसँगको अन्तरक्रीया कार्यक्रममा अदालतका श्रेष्तेदार रामाकान्त यादवले आर्थिक वर्ष २०७६/०७७ मा १८ महिनादेखि २ वर्षभित्रको ५ वटा, १ वर्षदेखि १८ महिना भित्रको ७ वटा, ६ महिनादेखि १ वर्षभित्रको ३४ वटा र ६ महिनाभित्रको ८९ वटा मुद्धा फस्र्यौट गरिएको जानकारी दिनुभयाे ।

           सो आर्थिक वर्ष कोभिड–१९ को महामारीका कारण लक्ष्यभन्दा १६.२० प्रतिशत कम मुद्धा फस्र्योट भएको अदालतले जनाएको छ । २६४ वटा मुद्धा आउने अनुमान गरिएकामा जिम्मेवारी सरेर आएको ५८ वटा र नयाँ १८७ वटा गरी २४५ मुद्धा दर्ता भएको श्रेष्तेदार यादवले जानकारी दिनुभयाे । कुल मुद्धामध्ये ११० वटा मुद्धा फस्र्यौट हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

          अदालतका अनुशार निरन्तर सुनुवाईतर्फ दर्ता भएका ३६ वटा मुद्धामध्ये १६, ५८ वटा थुनुवा मुद्धा दर्ता भएकामा ४१ वटा र मेलमिलापमा पठाइएका १६ वटा मुद्धामध्ये ३ वटामा मेलमिलाप भएको, ११ वटा मेलमिलाप हुन नसकी फिर्ता भएको र २ वटा मुद्धा प्रकृयामा रहेको छ । कोभिड–१९ को अशरका कारण लक्ष्य प्राप्ती नगर्दै गत आर्थिक वर्ष विते पनि चालु आर्थिक वर्ष लक्ष्य अनुशार उपलव्धी हासिल गरिने जिल्ला अदालतका न्यायधिस मातृकाप्रसाद आचार्यले बताउनुभयाे ।

    Jilla Adalat Press Meet.jpg

        पत्रकारहरुसँगकाे अन्तरक्रीया कार्यक्रममा जिल्ला अदालतका न्यायधिस मातृकाप्रसाद आचार्यलगायत सहभागीहरु

    जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७६/०७७ मा साँढे १७ लाख बढि कैंद जरिवाना असुल गरेको छ । विभिन्न मुद्धामा जिल्ला अदालतबाट कैंद तथा जरिवाना तोकिए पनि फरार भएका तथा भगौडाबाट १ करोड ४९ लाख ६३ हजार ९४१ रुपैयाँ ३६ पैसा जरिवाना उठ्न बाँकी रहेकामा १७ लाख ५६ हजार १३६ रुपैयाँ ९१ पैसा जरिवाना फस्र्योट भएको हो ।

            अझै १ करोड ३२ लाख ७ हजार ८०४ रुपैयाँ ४५ पैसा जरिवाना फस्र्योट बाँकी रहेको श्रेष्तेदार यादवले बताउनुभभयाे । कतिपय आरोपितहरु हालसम्म भागीरहेका र बेपत्ता रहेका कारण लामो समयसम्म जरिवाना रकम उठ्न नसकेको पाइएको हो ।

           यस्तै, जिल्ला अदालतले विभिन्न दोषीबाट २३७ वर्ष ११ महिना २६ दिन कैंद भुक्तान गरेको छ । कतिपय मुद्धाको किनारा नलाग्दै तथा कतिपय मुद्धाको किनारा लागेपछि हालसम्म फरार रहेका दोषीबाट फस्र्योट हुन बाँकी ९३३ वर्ष १ महिना ८ दिन कैंदमध्ये अझै ६९५ वर्ष १ महिना ८ दिन फस्र्योट बाँकी रहेको यादवले बताउनुभयाे ।

    कतिपय फरार वा भगौडाको मृत्यु भइसके पनि तथ्यांक अद्यावधिक नहुँदा कैंद भुक्तानको वर्ष बढि देखिएको अनुमान गरिएको छ । फरार वा भगौडाको मृत्यु भइसकेको अवस्थामा कैंद भुक्तान स्वतः घट्ने प्रावधान छ । 

    सम्बन्धित समाचार