बुधवार, श्रावण १४ २०७७
नेपाल वाइड
खोटाङ कुबेत सम्पर्क मञ्चले पठाएको रकम अग्नी पिडितलाई हस्तान्तरण गर्दै जिल्ला विकास समितिका पुर्वसभापति एबं कांग्रेस नेता बिष्णुकुमार राई लगायत ।
खोटाङ कुबेत सम्पर्क मञ्चले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका अग्नी पिडित गोबिन्द कट्वाललाई आर्थिक सहयोग गरेको छ । गत साउन ७ गते विद्युत सर्ट हुँदा सुरु भएको आगोलागीबाट विस्थापित भएका कट्वाल परिवारलाई मञ्चले २१ हजार सहयोग प्रदान गरेको हो ।
जिल्ला विकास समितिका पुर्वसभापति एबं कांग्रेस नेता बिष्णुकुमार राई र कांग्रेस जिल्ला सदस्य प्रकाश श्रेष्ठमार्फत अग्नी पिडितलाई बुधबार राहत रकम हस्तान्तरण गरिएको खोटाङ कुबेत सम्पर्क मञ्चका संस्थापक मञ्जित चाम्लिङ राईले जानकारी दिनुभयाे ।
आगलागीबाट बिस्थापित परिवारको चोटमा मल्हमपट्टी लगाउन सहानुभुती स्वरुप सहयोग रकम पठाइएको मञ्चले जनाएको छ । ‘भाषा अनि संस्कृतिमा विविधता, बिकास निर्माणमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारासहित स्थापना भएको सम्पर्क मञ्चले विभिन्न सामाजिक काम गर्दै आएको छ ।
आगलागीबाट कट्वालको करिब ४० लाख बराबरको क्षति भएको थियो । अग्नि पिडित परिवार हाल पालको छाना टाँगेर कष्टपुर्ण तरिकाले बसिरहेका छन । अग्नी पिडित कट्वाललाई यसअघि खोटाङ यातायात प्रालिले १ लाख २६ हजार ८८५ रुपैयाँ, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार, प्रदेशसभा सांसद रामकुमार राई पासाङले पाँच हजार सहयोग गरेका थिए ।
यस्तै, नगरपालिका र रेडक्रसबाट समेत अग्नी पिडितलाई राहत प्रदान गरिएको थियो ।