बिहिवार, श्रावण १५ २०७७
नेपाल वाइड
श्यामकुमार शैंजूलाई मनोज जोशी प्रतिभा पुरस्कार प्रदान गर्दै प्रदेशसभा सांसद रामकुमार राई (दायाँ) ।
निजामती कर्मचारीकारुपमा ४० वर्ष सेवा गरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका श्यामकुमार शैंजूलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । २०३३ सालदेखि २०७३ सालसम्म निजामती सेवामा रहेर देश र जनताप्रति समर्पित भएकामा शैंजूलाई मनोज स्मृति प्रतिष्ठान खोटाङले पाँच हजार राशीको ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरेको हो ।
शहीद मनोज जोशी–झपेन्द्र कार्कीको २९ औं स्मृति दिवसको अवशरमा बिहिबार दिक्तेलमा आयोजित कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राईले शैंजूलाई पुरस्कार हस्तान्तरण गरेका छन् ।
निजामती सेवाको माध्यमबाट मात्र नभएर विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गर्दै ईमान्दारीता एबं बफादारिताका साथ देश र समाजलाई दिएको योगदानको कदर स्वरुप शैंजूलाई पुरस्कृत गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमारप्रसाद आचार्यले बताउनुभयो ।
२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण विरोध जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लागेर ज्यान गुमाएका जोशीको स्मृतिमा स्थापना गरिएको पाँच हजार राशीको पुरस्कार यसपल्ट शैंजूलाई प्रदान गरिएको हो ।
उनलाई दिक्तेलको अस्पतालचोकमा रहेको जोशीको समाधिमा माल्यार्पण एबं श्रद्धाञ्जलीसभामा पुरस्कार प्रदान गरिएको हो ।