Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    क्वारेन्टाइन सञ्चालन भएका विद्यालय स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने

    सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन

    सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन


    • बिहिवार, श्रावण १५ २०७७

    • नेपाल वाइड


    सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन

                                       फायल तस्बिर

      सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन दिएको छ । साउन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिषरिषद् बैठकले साउनभरमा विद्यालय पुग्न शिक्षकहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।

            यसका साथै मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका बेला क्वारेन्टाइन सञ्चालन भएका सबै विद्यालयलाई स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको छ। विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ ।

           यसका साथै सरकारले गत शैक्षिक सत्रमा परीक्षा लिएर नतिजा प्रकाशन गर्ने बाँकी रहेको भए सो कार्य पूरा गर्न समेत भनिएको छ । सरकारले यसअघि नै भदौ १ देखि नयाँ भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिसकेको छ। विद्यालयमा पाठ्यपुस्तक पुग्न बाँकी भएको बाँकी भए उपलब्ध गराउँदै वितरण समेत गर्न सुरु गर्ने सरकारले निर्णय गरेको छ ।

            अब कुनै पनि विद्यालयमा क्वारेन्टाइन सञ्चालन नगर्न समेत सरकारले निर्देशन दिएको छ। यसका साथै विद्यालय नजिक कुनै पनि कोभिड-१९ सम्बन्धी कुनै पनि कार्य सञ्चालन नगर्न सरकारले निर्देशन दिएको छ।

    सम्बन्धित समाचार