Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    २० करोड ९९ लाख ७० हजार २९३ रुपैयाँमा तयार हुने डिपिआर तयार

    रणजितमान राई खेलमैदानको डिपिआर डिपिआर तयार

    रणजितमान राई खेलमैदानको डिपिआर डिपिआर तयार


    • बिहिवार, श्रावण १५ २०७७

    • नेपाल वाइड


    रणजितमान राई खेलमैदानको डिपिआर डिपिआर तयार

              खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा निर्माणाधिन खेलमैदानको डिपिआर तयार पारिएको छ । १२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको डिपिआर झण्डै वर्ष दिन लगाएर तयार पारिएको हो ।

              आरसिसि कन्सल्ट प्रालिले दर्शक बस्ने स्टेडियम सहितको खेलमैदान २० करोड ९९ लाख ७० हजार २९३ रुपैयाँमा तयार हुने डिपिआर तयार पारेको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयाे । आरसिसि कन्सल्ट प्रालिले करिब तीन महिनामा पुरा गर्नेगरी २०७६ साल भदौदेखि खेलमैदानको डिपिआरको काम सुरु गरेको थियो । ‘आरसिसि कन्सल्ट प्रालिले खेलमैदानको डिपिआर तयार पारेर बुझाएको छ,’ वडाध्यक्ष राईले भने, ‘कोरोना भाइरसको महामारीका कारणले पनि डिपिआरको कामलाई अशर परेको छ ।’

               वडाको पहलमा स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण सुरु गरिएको हो । वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा २०७६ साल जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ । खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युतको व्यवस्था, बस, कार तथा मोटरबाईक पार्किङ स्थल, गेष्ट रुम, च्याञ्जिङ रुम, वेटिङ रुम सहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारा लगायतको संरचना निर्माण गर्नेगरी डिपिआर तयार पारिएको वडाध्यक्ष राईले बताउनुभयो ।

             खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि स्थानीय अगुवा राजेन्द्र राईको अध्यक्षतामा ७ सदस्यीय आर्थिक संकलन सहयोग समिति गठन गरेर काम अघि बढाइसकिएको छ । खेलमैदानको बाँकी काम पुरा गर्नका लागि आवश्यक रकम जुटाउन भन्दै आर्थिक संकलन सहयोग समितिको टोली २०७६ साल असोज ९ गते १ नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईलाई गुहार्न पुगेको थियो ।

           यस्तै, काठ्माण्डौं पुगेर देउसीभैली खेलेको समितिले जनाएको छ । वडा कार्यालयको आग्रहमा स्थानीय जग्गादाता पञ्चसेर राईले ९ रोपनी, सर्वजित राईले ५ रोपनी र हर्कराज राईले ३ रोपनी जग्गा वडाको नाममा निशुल्क पास गरिदिएपछि खेलमैदान निर्माण सुरु गरिएको हो ।

           यस्तै, बालाचन्द्र राईले पनि ७ रोपनी जग्गा प्रदान गरेका छन् । खेल मैदानका लागि वडाकै विभिन्न स्थानमा निशुल्क जग्गा जुटाउनेक्रममा छिवाका स्थानीय जग्गा दिन तयार भएपछि मकैको बिरुवा हुर्कँदै गरेको बारीमा खेलमैदान निर्माण सुरु गरिएको थियो ।

          दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने भएकाले खोलमैदानबाट साकेला गाउँपालिकाका खेलाडी समेत लाभान्वित हुने निर्माण उपभोक्ता समितिले दावी गरेको छ ।
    निशुल्क जग्गा उपलव्ध गराएकामा जग्गदाताकै बाजे रणजितमानको नामबाट खेलमैदानको नामाकरण गरिएको हो ।

    DPR Photo.jpg

     

    सम्बन्धित समाचार