Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    उत्तर कोरियाका अनौठा कानुन

    उत्तर कोरियाका अनौठा कानुन


    • बिहिवार, श्रावण १५ २०७७

    • नेपाल वाइड


    उत्तर कोरियाका अनौठा कानुन

             परमाणु परीक्षणदेखि अमेरीकासँगको टकराव लगायतका कारणले उत्तर कोरिया विश्वभर चर्चित छ । आफ्नो एकल निर्णय र आफ्नै अनौठो कानुनले उत्तर कोरिया अरुभन्दा फरक देश बनेको छ । यहाँका केहि नियम तथा कानुन यति कठोर र अविश्वाशिला छन् जसको विश्वभर विरोध हुदैं आएको छ । तर यो विरोधले पनि उत्तर कोरियालाई कुनै फरक पारेको छैन ।

    यस्ता छन् उत्तर कोरियाका अनौठा केहि नियम कानुन :

    १. उत्तर कोरियाका संस्थापक किम द्वितीय सुंगलाई मानिन्छ । उनकै जन्मदिन उत्तर कोरियामा नयाँ बर्षको रुपमा मनाइन्छ ।

    २. उत्तर कोरियामा निलो रंगको जिन्स लगाउन प्रतिबन्ध छ । तर यो पर्यटकलाई भने छुट छ । तर पर्यटकले समेत किम द्वितीय सुंग र किम जोंग द्वितीयको मेमोरियल हलमा जानुअघि त्यो जिन्स फेर्नु पर्दछ ।

    ३. उत्तर कोरियामा गरीब मानिसको तस्बिर खिच्नु कानूनतः अपराध हो । उत्तर कोरियाको मान्यता अनुसार यसले उसको देशको छबि बिग्राने गर्दछ ।

    ४. उत्तर कोरियामा कसैले पनि आफ्नो स्वेच्छाले कपाल काट्न पाउँदैन । सरकारद्धारा जारी केहि डिजाइनका आधारमा मात्र कुनै एक डिजाइनलाई छानेर कपाल काट्न सकिन्छ ।

    ५. उत्तर कोरियामा आम नागरिकले कार किन्न पाउँदैनन् । यहाँ कार किन्ने अधिकार केवल सेना र सरकारी अधिकारीलाई मात्र हुन्छ ।

    सम्बन्धित समाचार