Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मोरङमा स्थानीय र प्रहरीबीच झडप : प्रहरीद्धारा हवाई फायर

    मोरङमा स्थानीय र प्रहरीबीच झडप : प्रहरीद्धारा हवाई फायर


    • शुक्रवार, श्रावण १६ २०७७

    • नेपाल वाइड


    मोरङमा स्थानीय र प्रहरीबीच झडप : प्रहरीद्धारा हवाई फायर

        मोरङ समाचार 

            मोरङको बुढीगंङगा गाउँपालिका १ करैया टोलका बासिन्दा र प्रहरी बीच बिहीबार राति दोहोरो झडप हुँदा दुवैतर्फका एक दर्जन घाइते भएका छन् । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर पनि गरेको थियो ।  लागूऔषध गाँजा विक्रि गर्ने गरेको सूचना पाएर बिहीबार राति करैया बस्तीमा  पुगेको प्रहरी र स्थानीय बीच उत्पन्न भएको विवाद झडपमा परिणत हुँदा तीन जना प्रहरी र एक दर्जन स्थानीयहरु घाइते भएका हुन् । 

              झडपबाट उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलाट दुई राउण्ड हवाई फायर गरेको थियो । झडपमा पहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी घाइते भएका छन । उनीहरुको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका स्थानीयहरु भने प्रहरीले पक्राउ गर्ने डरले सार्वजनिक भएका छैनन् । एक दर्जन स्थानीयहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको बताइएको छ ।

            स्थानीयलाई उकासेर प्रहरीमाथि आक्रमण गरि अनुसन्धानमा बाधा पुरयाएकोले महादेव, वलराम, चन्देश्वर, वीरेन्द्र र देव ऋषिदेवलाई अनुसन्धानकालागि नियन्त्रणमा लिएको मोरङका एसपी सन्तोष खडकाले बताए । हवाई फायर गरेर  स्थिति नियन्त्रणमा लिन नसकेको भए घटनामा धेरै मानविय क्षति हुनसक्ने प्रहरीले जनाएको छ ।

             मोरङका एसपी सन्तोष खडकाले लागूऔषध कारोवारीहरुलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीयलाई अघि सारेर प्रहरीमाथि आक्रमण गर्न लगाइएको उनले बताए । जसका कारण दोहोरो झडप हुन पुगेको थियो । स्थानीयका अनुसार राति छोटु भन्ने व्यक्तिको किराना पसलमा झोला माग्दै सादा पोशाकका प्रहरी पुगेका थिए । सोही क्रममा उनीहरु बीच विवाद भएको थियो ।

            विवाद बढेपछि सादा पोशाकको टोलीले थप मद्दत्तकालागि प्रहरी बोलाएर स्थानीयमाथि गालीगलौज गर्ने हेल्मेटले कुटने र ज्यानमार्ने धम्की दिएको स्थानीयको आरोप छ । त्यसपछि उत्तेजित भएका गाउँलेहरुले घरेलु हतियार रड, भाला, खुकुरी निकालेर प्रहरीसँग प्रतिकार गर्न खोजेका थिए ।

            त्यसपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले भने लागूऔषध गाँजाको कारोवार हुने भएकाले अनुसन्धान गर्न आफूहरु पुगेको जनाएको छ । घटनास्थलबाट प्रहरीले लागू औषध गाजा भने बरामद गरेको छैन् ।

    सम्बन्धित समाचार