Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


    • शुक्रवार, श्रावण १६ २०७७

    • नेपाल वाइड


    पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

               पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए । गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

              “हाम्रो अस्पतालमा आज बिहान एकजना कोरोना संक्रमित महिलाको मृत्यु भयो,” डा शर्माले भने, “थसिखेलकी ६५ वर्षकी महिला निमोनियाको समस्या थियो । उहाँ साउन ६ गते कोरोना पुष्टि भएर नै हाम्रो अस्पतालमा भर्ना हुनुभएको थियो ।” 

              स्टार अस्पतालमा चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनियाको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।

    सम्बन्धित समाचार