Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    उदयपुरको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी

    उदयपुरको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी


    • शुक्रवार, श्रावण १६ २०७७

    • नेपाल वाइड


    उदयपुरको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी

               उदयपुरको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित ३४ वर्षिय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । 

             यस्तै विहिबार मात्रै बेलका नगरपालिका ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएको थियो । होटल संचालक २० वर्षिय पुरुष र कपडा व्यवसायी ३५ वर्षिय महिलामा संक्रमण देखिएको थियो ।

            मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए ।

            यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको छ । उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    सम्बन्धित समाचार