शुक्रवार, श्रावण १६ २०७७
नेपाल वाइड
लोकल रक्सीलाई वैधता दिनका लागि प्रजिअ शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै यायोक्खा खोटाङका अध्यक्ष हात्तीराम राई (दायाँ) ।
किरात राई यायोक्खा खोटाङले लोकल रक्सी उत्पादन एबं औधोगीकरणका लागि वैधता दिने व्यवस्थाका लागि प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । खोटाङबाटै निर्वाचित प्रदेशसभा सांसद उषाकला राईले लोकल रक्सीमाथिको व्याण्ड (प्रतिबन्ध) हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि यायोक्खाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै लोकल रक्सीको प्रवद्र्धन र प्रोत्साहनका लागि कानूनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको हो ।
लोकल रक्सीमाथिको प्रतिबन्ध फुकुवा गरेर उद्योगकारुपमा विकास गर्न सके देशकै अर्थतन्त्रमा टेवा पुग्ने भएकाले स्थानीय जनजाती समुदायले उत्पादन गर्ने रक्सीलाई वैधता दिन माग गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई बुझाइएको ज्ञापन–पत्रमा राष्ट्रले स्थानीय उत्पादनलाई लगानीदेखि प्रोत्साहन र प्रवद्र्धन नगरेसम्म देशको संवृद्धि कल्पनामै सिमित रहने भनिएको छ ।
स्थानीय उत्पादनलाई निरुत्साहित गर्दै विदेसी कम्पनीबाट उत्पादित मदिरा भित्र्याउँदा नेपालको अर्बौ रकम बिदेश गइरहेको अवस्थामा राज्यले विदेसी मदिरालाई स्थानीय मदिरामार्फत विस्थापित गर्ने योजना बनाउन आवश्यक रहेको यायोक्खाका अध्यक्ष राईले बताउनुभयो । ‘केही समयअघि प्रदेशसभा सांसद उषाकला राई ज्यूले संसदमा उठाउनु भएकै एजेण्डालाई हामीले कार्यान्वयनका लागि आवाज उठाएका हौँ,’ अध्यक्ष राईले भने, ‘संविधानको भावना अनुरुप सबै संस्कृतिको सम्मान गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन र प्रोत्साहन गर्न लोकल रक्सीलाई कानूनी रुपमा मान्यता दिनुपर्छ भन्ने हाम्रो माग हो । यसले गाउँ–गाउँमा स्वरोजगारको वातावरण निर्माणमा सहयोग पु¥याउँछ भन्ने हाम्रो मान्यता छ ।’
घरेलु रक्सी उत्पादनलाई उद्योगकोरुपमा विकास गरी स्थानीय स्तरमै रोजगार सिर्जना गर्न र आयआर्जन वृद्धि गर्दै संवृद्ध नेपाल निर्माणको बाटोमा लाग्न ज्ञापन–पत्रमा आग्रह गरिएको छ । प्रतिबन्धका वावजुद पनि जनजाती, मधेसी, दलितलगायतका समुदायमा घरेलु रक्सी उत्पादन गर्ने गरिएको छ ।
कतिपय जातजातीको जन्मदेखि मृत्युसम्मका साँस्कृतिक कार्यमा प्रयोग हुने गरेकाले राज्यको छेकवारका वावजुद स्थानीय मदिरा उत्पादनले निरन्तरता पाइरहेको छ । साना तथा मझौला होटलमा अधिक मात्रामा खपत हुने लोकल रक्सी अन्न बाहेक बिभिन्न फलफुलबाट समेत उत्पादन गर्न सकिने भएकाले कानूनी वैधताको माग उठाएको यायोक्खाले जनाएको छ ।
लोकल रक्सीमाथिको प्रतिबन्धलाई जनजाती समुदायले आफुमाथिको विभेदकारुपमा बुझ्ने गरेका छन् । पछिल्लो समय घरायसी रक्सी एबम् स्थानिय उत्पादनलाई प्रबर्धन गर्ने विषय चर्चा र बहसको विषय बनेको छ । प्रदेशसभा सांसद राईले प्रदेश संसदमा विनियोजन विधेयकमाथिको छलफलकाक्रममा गत असार १५ गते रक्सीलाई ‘व्यान्ड (प्रतिवन्ध) होईन ब्राण्ड’ बनाउन ध्यानाकर्षण गराएकी थिईन् ।
केही समयअघि खोटाङको दिक्तेलबजारमा लोकल रक्सी नष्ट गर्दा समेत सांसद राईले बिरोध जनाएकी थिईन् । हाल आदिबासी जनजाती महिलाले आम्दानीको श्रोतको माध्यम बनाएको लोकल रक्सीलाई बैध उद्योगकारुपमा बिकास गर्न सके अन्य जातजातीका समुदायले समेत यसको उद्योग स्थापना गर्ने सांसद राईको भनाई छ । ‘व्याण्ड गर्ने हो भने सबै खालका रक्सीलाई व्याण्ड गरौं ।
होईन भने लोकल रक्सीलाई लिगलाइज गरौं, घरेलु उद्योगकारुपमा बिकास गर्नमा ध्यान दिऔँ,’ राईले भनिन्, ‘चेयर्स गर्दा लोकल रक्सीले गर्ने हो, विदेशको रक्सी ल्याएर चेयर्स गर्ने होईन । हामीले यस्तो कन्सेप्ट लिनु पर्याे ’