Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सइई परीक्षाको नतिजा आगामी मंगलबारसम्ममा प्रकाशन गर्ने बोर्डकाे तयारी

    सइई परीक्षाको नतिजा आगामी मंगलबारसम्ममा प्रकाशन गर्ने बोर्डकाे तयारी


    • शुक्रवार, श्रावण १६ २०७७

    • नेपाल वाइड


    सइई परीक्षाको नतिजा आगामी मंगलबारसम्ममा प्रकाशन गर्ने  बोर्डकाे तयारी
    परिक्षा बोर्ड

              राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसइईको परीक्षाको नतिजा आगामी मंगलबारसम्ममा प्रकाशन गर्ने भएको छ । परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बोर्डले जनाएको छ । 

               बोर्डले सकेसम्म आगामी सोमबार र ढिलामा मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको जनाएको छ । यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ ।

              एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस पठाउन सकिने छ ।

    सम्बन्धित समाचार