Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ग्लोबल आइएमई बैंक

    खोटाङको जालपामा ग्लोबल आइएमईको शाखारहित सेवा सुरु

    खोटाङको जालपामा ग्लोबल आइएमईको शाखारहित सेवा सुरु


    • शनिवार, श्रावण १७ २०७७

    • नेपाल वाइड


    खोटाङको जालपामा ग्लोबल आइएमईको शाखारहित सेवा सुरु

           जालपामा ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा उद्घाटन गर्दै वडाअध्यक्ष बिकास राई

             खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा सुरु गरिएको छ । गाउँमै बैंकिङ सेवाको पहुँच बिस्तार गर्ने लक्ष्यका साथ ग्लोबल आइएमई बैंकले जालपामा शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो । 

           शनिबार जालपाका वडाध्यक्ष बिकास राईले बैंकको शाखा रहित बैंकिङ सेवा उद्घाटन गरेका हुन् । २०७६ साल साउन २२ गतेदेखि कारोबार सुरु गरेको बैंकले जिल्लामा पहिलो शाखा रहित सेवा सुरु गरेको हो । खाता खोल्ने, निक्षेप संकलन, भुक्तानी दाखिला, बैंक सम्वन्धी विभिन्न जानकारी दिनेगरी शाखारहित बैंकिङ सेवा सुरु गरिएको ग्लोबल आइएमई बैंक शाखा दिक्तेलका कर्मचारी युवराज खत्रीले बताउनुभयाे ।

           शाखा रहित सेवा सुरु गर्नका लागि ग्लोबल आइएमई बैंक शाखा दिक्तेलका शाखाका प्रमुख प्रकाश रेग्मीको टोली जालपा पुगेका थिए । क्रमशः बाक्सिला, बुईपा, बानाचुङ लगायतका ठाउँमा शाखा रहित सेवा विस्तार गर्ने तयारी गरिएको ग्लोबल आइएमई बैंकले जनाएको छ ।

     

    सम्बन्धित समाचार