Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    विद्युत विस्तारको समेत अन्तिम तयारी

    हलेसी तुवाचुङ : नगरपालिका स्तरिय सडक उद्घाटन

    हलेसी तुवाचुङ : नगरपालिका स्तरिय सडक उद्घाटन


    • शनिवार, श्रावण १७ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ : नगरपालिका स्तरिय सडक उद्घाटन

             बोझे खोला–सुनकोसी झोलुंगे पुल सडक उद्घाटन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई

            खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बोझे खोला–छोकमाला–दाम्दले–हैदे–सुनकोसी झोलुंगे पुल ग्रामिण सडक उद्घाटन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बोझेखोलादेखि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छोकमाला हुँदै सुनकोसी किनार जोड्ने नगरपालिका स्तरिय १२ किलोमिटर सडक शनिबार उद्घाटन गरिएको हो ।

              हैदेमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले सडक उद्घाटन गरेका हुन् ।
    नगरपालिकाकै बिकट क्षेत्रकारुपमा रहेको हैदे र दाम्दलेलाई सडकको पहुँचमा जोड्ने लक्ष्यकासाथ नगरपालिकाले बोझे खोला–छोकमाला–दाम्दले–हैदे–सुनकोसी झोलुंगे पुल सडकलाई प्राथमिकतामा राखेको थियो ।

              नगरपालिका स्तरिय सडककारुपमा २ वर्षअघि नगरपालिकाले बिनियोजन गरेको १५ लाखबाट निर्माण सुरु गरिएको सडकका लागि गत वर्ष प्रदेश सरकारबाट १० लाख बिनियोजन भएको थियो ।

            नगरपालिका र प्रदेश सरकारको बजेट अपुग हुँदा बाँकी रहेको करिब ३ किलोमिटर सडक खण्डलाई पुरा गरेर उद्घाटन गरिएको मेयर राईले बताउनुभयो । बाँकी रहेको सडक खण्ड यसपल्ट नगरपालिकाकैतर्फबाट तेल हालेर नगरपालिकाकै मेसिन प्रयोग गरेर पुरा गरिएको हो ।

            उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे जोड्ने सुनकोसी पुलसम्म पुर्‍याइएको सडकलाई क्रमशः दुर्छिमकै बतासेघाट जोड्नेगरी विस्तार गरिने नगरपालिकाले जनाएको छ । बोझे खोला–सुनकोसी झोलुंगे पुल सडक निर्माणकाक्रममा छोकमालाबाट बिकट बस्तीकारुपमा रहेको लाहाटुङसम्म सडक पुर्‍याइएको मेयर राईले बताउनुभयाे ।

    सो क्षेत्रमा विद्युत विस्तारको समेत अन्तिम तयारी भइरहेको छ ।

     

    सम्बन्धित समाचार