Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बालसेवाद्धारा क्वारेन्टीन व्यवस्थापनका लागि नगरपालिकालाई १४ लाखको सामग्री प्रदान

    बालसेवाद्धारा क्वारेन्टीन व्यवस्थापनका लागि नगरपालिकालाई १४ लाखको सामग्री प्रदान


    • मंगलवार, श्रावण २० २०७७

    • नेपाल वाइड


    बालसेवाद्धारा क्वारेन्टीन व्यवस्थापनका लागि नगरपालिकालाई १४ लाखको सामग्री प्रदान

     मेयर दिपनारायण रिजाललाई क्वारेन्टीन व्यवस्थापन सम्वन्धी सामग्रीको सूची हस्तान्तरण गर्दै बालसेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेल 

            बालसेवा समाज नेपाल नेर्पा खोटाङले क्वारेन्टीन व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई १४ लाख बराबरको सामग्री प्रदान गरेको छ । क्रिश्चियन एडको सहयोगमा सञ्चालन भइरहेको ‘सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशीलता (वी फिल)’ परियोजना अन्तरगत बालसेवाले क्वारेन्टीन व्यवस्थापनका लागि आइसोलेसन बेड, व्यक्तीगत सरसफाईका सामग्री, पानी ट्यांकीदेखि चामल, दाल, तेल, नुन लगायतका सामग्री प्रदान गरेको हो ।

               दिक्तेलको माटिकोरेस्थित कबर्डहलमा मंगलबार आयोजित कार्यक्रमका बाल सेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेलले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाललाई क्वारेन्टीन निर्माणका सामग्री एबं बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेकी छन् ।
    नगरपालिकालाई अस्पताल आइसोलेसन बेड ५० थान, सय जनालाई पुग्ने म्याट्रिस, सिरानी, बेडकभर, ब्ल्यांकेट, झुल, चप्पल, दन्तमञ्जन, ब्रस, टावल, एन ९५ माक्स, सावुन, सेनिटाइजर लगायतका व्यक्तीगत सरसफाईका सामग्री, पाँच सय लिटरको पाँच वटा पानी ट्यांकी, ३० केजीको ६६ बोरा चामल, दुई सय केजी दाल, हाफ लिटरको ११४ पोका तेल र ३४ प्याकेट नुन हस्तान्तरण गरिएको बालसेवाले जनाएको छ ।

              क्वारेन्टीनमा उपयोगपछि जुनसुकै स्वास्थ्य संस्थामा लगेर उपयोग गर्न मिल्ने गरी नगरपालिकालाई अस्पताल आइसोलेसन बेड हस्तान्तरण गरिएको समाजकी अध्यक्ष भुजेलले बताईन् ।

    WE FEEL gives beds for quarantine photo_nepalwide.jpg

    क्रिश्चियन एडमार्फत बालसेवा समाजले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई उपलव्ध गराएको आइसोलेसन बेड ।

            प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेपाल रेडक्रस सोसाइटीका सभापति कुमारसिं बस्नेत लगायतको रोहबरमा बालसेवाले नगरपालिकालाई क्वारेन्टीन व्यवस्थापन सम्वन्धी सामग्री प्रदान गरेको हो । यस्तै, थप स्टेण्ड सहितको पाँच सय लिटरको पाँच वटा ड्रम, एक हजार ९८० केजी चामल, दुई सय केजी दाल, ११४ पोका तेल र ३४ पोका नुन हस्तान्तरण गरिने ‘सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशीलता (वी फिल)’ परियोजनाका प्रवन्धक युवराज रिजालले बताउनुभयो । यसअघि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाका एक हजार ५४१ घरधुरीलाई खाद्यान्न वितरण गरेको परियोजनाले जनाएको छ ।

    सम्बन्धित समाचार