बुधवार, श्रावण २१ २०७७
नेपाल वाइड
सुनसरीकाे इटहरी उपमहानगरपालिकाले आजदेखि पाँच दिन लकडाउन गर्ने निर्णय गरेको छ। आजदेखि लागू हुने गरी उपमहानगरपालिकाले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
केही दिनयता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै परीक्षणको दायरालाई तीब्रता दिइएको थियो ।
साउन १५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरिएको र तीमध्ये मंगलबार मात्रै ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए।