Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रेमीसँग घुम्‍न गएकी युवतीमाथि सामूहिक बलात्कार

    प्रेमीसँग घुम्‍न गएकी युवतीमाथि सामूहिक बलात्कार


    • बुधवार, श्रावण २१ २०७७

    • नेपाल वाइड


    प्रेमीसँग घुम्‍न गएकी युवतीमाथि सामूहिक बलात्कार
    सांकेतिक तस्बिर

             दाङको देउखुरीमा प्रेमीसँग घुम्‍न गएकी एक युवती सामूहिक बलात्कारमा परेकी छन् । राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीया निवासी १७ वर्षीया युवतीलाई सोही ठाउँका २६ वर्षीय अर्जुन विक,  करिब २८ बर्षीय प्रकाश नेपाली, २४ वर्षीय इसव जिसी र करिव २० वर्षीय भुपाल थापामगरले सामूहिक बलात्कार गरेको पीडित युवतीले जाहेरी दिएकी हुन् ।

            प्रहरीका अनुसार पीडित युवती आफ्नो प्रेमीसँग साउन १६ गते शुक्रबार दिउँसो घर नजिकको शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सिमानामा पर्ने जंगलमा घुम्‍न गएको समयमा ४ जनाको समूहमा रहेका ती युवाले प्रेमीलाई कुटपिट गरी युवतीलाई बलात्कार गरेका थिए ।

             बलात्कारका क्रममा पीडित केटीलाई अर्जुन विकले युवतीको मुखमा लिंग समेत राखेको प्रहरीमा उजुरी दिएकी छिन् । उक्त कार्यमा अन्य ३ जनाले सहयोग गरेको पीडित युवतीले निवेदन दिएकी प्रहरीले जानकारी दिएको छ । उक्त जंगलमा रहेको बगिया खोलामा नुहाएर कपडा परिवर्तन गर्ने क्रममा युवाहरुले बलात्कार गरेका थिए ।

            उनीहरुले युवतीलाई मार्ने धम्की दिएर पालैपालो बतात्कार गरेको पीडित युवतीको बताएकी छन् । ती युवाहरुको कुटाइबाट युवतीका प्रेमी घाइते भएका छन् । उनको शरीरभरी चोट लागेको छ।

           युवतीका बुबाआमा जिल्ला बाहिर रहेका कारण पीडित युवतीले आमा घरमा आएपछि साउन १७ गते इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी दिन गएपछि प्रहरीले आलटाल गरी जाहेरी दर्ता नगरी भोलीपल्ट साउनको १८ गते मात्र जाहेरी दर्ता गरेको पीडितको आरोप छ ।  जाहेरी दर्तासँगै पीडित युवतीको स्वास्थ्य परिक्षण समेत भएको प्रहरीले जानकारी दिएको छ ।

            यसैबीच बलात्कारमा संलग्न भनिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुमगरले जानकारी दिएका छन् ।

            पक्राउ पर्नेमा इसव जिसी र भुपाल थापा रहेका छन् ।

    सम्बन्धित समाचार