Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    तपाईको मास्क खै ?’

    खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु

    खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु


    • बुधवार, श्रावण २१ २०७७

    • नेपाल वाइड


    खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु

    दिक्तेलमा ‘तपाईको मास्क खै ?’ अभियानकाक्रममा निकालिएको र्‍याली 

         दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको छ । लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र खोटाङ उद्योग बाणिज्य संघले संयुक्तरुपमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो ।

             अभियानको पहिलो दिन बुधबार दिक्तेलको हाटडाँडादेखि रत्नपार्क (किरातचोक)सम्म र्‍याली सहित स्थानीयलाई मास्क वितरण गरिएको थियो । र्‍यालीमा निस्किएको टोलीले मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए ।

             यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए । बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको जनाइएको छ ।

    where is your mask photo_daman nepalwide2.jpg

    दिक्तेलमा ‘तपाईको मास्क खै ?’ अभियानकाक्रममा निकालिएको र्‍याली 

          र्‍यालीकाक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सुरक्षाकर्मी, रेडक्रसकर्मी, बाणिज्य संघमा आवद्ध प्रतिनिधिले अनिवार्य मास्क प्रयोगका लागि स्थानीयलाई सुझाव सल्लाह दिएका थिए ।

           अभियानकर्मीले ‘तपाईको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए । ‘तपाईहरुसँग मास्क छैन भनेर दिइएको होइन,’ र्‍यालीको पंक्तीबाटै प्रजिअ पौडेलले भने, ‘संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाऔं भनेका हौँ । कोरोनाबाट सुरक्षित रहौं भनेका हौँ ।’

            लकडाउन खुलेपछि स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामुलक कार्यक्रम थालिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति कुमारसिं बस्नेतले बताउनुभयो । र्‍यालीमा सहभागीले ‘तपाईको मास्क खै, मास्कको नियमित प्रयोग गरौं, भौतिक दुरी कायम गरौं/गराऔं, भिडभाड नगरौं, भीडमाडमा नजाऔं, अनावश्यक हिँडडुल नगरौं’ लगायतका सन्देश लेखिएको प्लेकार्ड बोकेका थिए । संयुक्त अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने मेयर रिजालले बताउनुभयो ।

    where is your mask photo_daman nepalwide3.jpg

    दिक्तेलमा ‘तपाईको मास्क खै ?’ अभियानकाक्रममा निकालिएको र्‍याली 

    सम्बन्धित समाचार