Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अबुधाबी प्रहरीमा कार्यरत ६२ जना नेपाली क्वारेन्टीनमा

    अबुधाबी प्रहरीमा कार्यरत ६२ जना नेपाली क्वारेन्टीनमा


    • बुधवार, श्रावण २१ २०७७

    • नेपाल वाइड


    अबुधाबी  प्रहरीमा कार्यरत ६२ जना नेपाली क्वारेन्टीनमा

    लकडाउनपछि अवुधाबी पुगेका अबुधाबी प्रहरीमा कार्यरत नेपाली । तस्बिर सौजन्य : हिराधन चाम्लिङ

           यूएईको अवुधाबी प्रहरीमा कार्यरत ६२ जना नेपाली क्वारेन्टीनमा राखिएका छन् । छुट्टीमा घर आएर फर्किएका तीन महिला सहित ६२ जना नेपाली क्वारेन्टीनमा राखिएका हुन् ।

             ४५ दिनको छुट्टीमा घर आएको अवस्थामा लकडाउनका कारण रोकिएका अवुधाबी प्रहरीमा कार्यरत नेपालीलाई अबुधाबी प्रहरीले झण्डै चार महिनापछि जहाज चार्टर गरि लगेर क्वारेन्टीनमा राखेको हो ।

           अगष्ट २ तारिखमा दुबई पुगेपछि उनीहरुलाई क्याम्पकै क्वारेन्टीनमा राखेको खोटाङ घर भइ हाल अवुधाबी प्रहरीमा कार्यरत हिराधन चाम्लिङले जानकारी दिनुभयो । अवुधाबी प्रहरीमा कार्यरत नेपाली गत मार्च ८ तारिखदेखि मे १८ तारिखसम्मको छुट्टीमा नेपाल आएका थिए ।

            लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा नेपालमै रोकिएका उनीहरुलाई फ्रि–टिकटमा दुबई पुर्‍याइएको हो । एयरअरेविय जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सारजाह एयरपोर्ट उत्रिएका नेपालीलाई अबुधाबी प्रहरीले स्कर्टिङ गर्दै क्याम्पको होम क्वारेन्टीन पुर्‍याइएको थियो ।

              फ्रि–टिकटमा दुबई जाने व्यवस्था भएकामा उनीहरुले यूएई सरकार र अबुधाबी प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन् । लकडाउनपछि अवुधाबी पुगेका अबुधाबी प्रहरीमा कार्यरत नेपाली 



    सम्बन्धित समाचार