Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लडेर होस गुमाएका बालकको उपचारका लागि सहयोगको याचना

    लडेर होस गुमाएका बालकको उपचारका लागि सहयोगको याचना


    • शुक्रवार, श्रावण २३ २०७७

    • नेपाल वाइड


    लडेर होस गुमाएका बालकको उपचारका लागि सहयोगको याचना

    होस गुमाएका छोरालाई सम्हाल्दै हिरा कट्वाल 

          अपांग सेवा संघ खोटाङले लडेको अशरले मानसिक सन्तुलन गुमाएका बालकको उपचारका लागि सहयोगको याचना गरेको छ । संघको जिल्ला कार्य समिति र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्य समितिले संयुक्त प्रेस विज्ञाप्ती जारी गर्दै लडेको अशरका कारण होस गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९ वर्षीय रोहन कट्वालको उपचारका लागि उपचारका लागि सहयोग गर्न अपिल गरेको हो ।

            २०७२ साल भदौमा विद्यालय गएको अवस्थामा लडेको चोटका कारण मानसिक सन्तुलन गुमाएका रोहनको उपचारमा आर्थिक समस्या भएको पाइएपछि सहयोगका लागि आव्हान गरिएको अपांग सेवा संघ खोटाङका अध्यक्ष पृथीकुमार तामाङले बताउनुभयाे ।

            रोहन अहिले बेहोसीमा यताउती कुदिरहन्छन् । घरभित्रबाट घरी आँगनमा पुग्छन्, घरी घरको पेटीमा पुग्छन् । उनले उताउती कुद्नेक्रममा एक तमासले बोलेको बोली बुझ्न सकिन्न । अरुले बोलेको कुरा पनि उनले बुझ्न सक्दैनन् । किताव कापी बोकेर स्कुल गइरहनुपर्ने उमेरमा रोहनको अवस्था दर्दनाक छ ।

           आमा हिरा कट्वालका अनुशार केही उपचारपछि रोहनको स्वास्थ्यमा सामान्य सुधार आएको हो । होसले पूर्णरुपमा काम गर्न छाडिसकेको र बोली बन्द भइसकेको अवस्थामा अपांग सेवा संघ नगर समितिको समन्वयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा २०७६ साल माघ ९ गते मोडेल अस्पतालमा १४ दिन राखेर उपचार गरेपछि रोहन पुःन उठेर बेहोसीमा हिँडडुल गर्न सक्ने भएका हुन् । रोहनलाई भारत लैजान सल्लाह दिइए पनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा लैजान नसकेको आमा हिराले बताईन् ।

            रोहन कक्षा १ मा घरभन्दा तलको वालज्योती प्राविमा पढ्थे । एक दिन उनी चिच्याएर रोएको सुनिएपछि आमा हिरा कुद्दै विद्यालयतर्फ गईन् । विद्यालयभन्दा केही माथि रोहन टाउकाको देब्रेपट्टि र चिउँडोमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा फेला परे ।

           आमा हिराले उनलाई तत्काल जिल्ला अस्पताल पु याईन्, चोटमा औषधोउपचार भए । तर २०७२ साल मंसिरदेखि रोहनमा बसेकै ठाउँमा भ्वाक्क–भ्वाक्क ढल्ने समस्या देखियो । अकस्मात ढल्दा उनको टाउकाका विभिन्न ठाउँमा घाउ चोटपटक थपिए । ढल्ने समस्या देखिएको १०/१५ दिनमा रोहनलाई कान्ती वाल अस्पताल पुर्‍याइए । कान्तीले सिफारिस गरेको औषधि ६ महिना खुवाउँदा पनि रोहनको स्वास्थ्यमा सुधार देखिएन ।
          उपचारकै खोजीमा उनलाई निसान अस्पतालमा लगिए, निसानले पनि कान्तीले सिफारिस गरेकै औषधिलाई निरन्तरता दिन भने । त्यसपछि हिराले रोहनलाई ओम अस्पतालमा लगिन् । ओमले दिएको औषधि ६ महिना खुवाउँदा निको हुनुको सट्टा शरीरभरी रौं पलाए । यसबीचमा रोहनको अवस्था झनै नाजुक बनिसकेको थियो । बोली बन्द भइसकेको थियो, होसले पूर्णरुपमा काम गर्न छाडिसकेको थियो ।

    सुन्दर ढोका साथी सेवाको साथ

           दुई वर्षअघि रोहनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगियो । न्यूरोको उपचारपछि रोहनको अवस्थामा सामान्य सुधार आयो । ६ महिनासम्म औषधि खुवाउँदा रोहनको बोली आयो तर पुरानो कुरा सबै भुले । अरुले ‘जे भन्यो त्यही’ उच्चारण गर्न थाले । रोहनको स्वास्थ्यमा सामान्य सुधार देखिए पनि आर्थिक समस्याका कारण हिरा थप औषधिका लागि काठ्माण्डौं जान सकिनन् ।

            औषधि छुटेपछि रोहनमा विगत वर्ष दिनदेखि झोक्रिरहने, खुट्टा लुलो हुने, मुन्टो नउठाउने, उठ्न नसक्दा चौबिसै घण्टा सुतिरहने समस्या देखा पर्‍याे । खाना खुवाउँदा ननिल्ने, खाना खुवाएको थाहै नपाउने, पानीसँग खाना खुवाउनुपर्ने, दिसापिसाव आएको थाहै नपाउने समस्यासँग जुधिरहेको समयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा रोहनलाई मोडेल अस्पतालमा पुर्‍याइएको अपांग सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका अध्यक्ष उमेशचन्द्र आचार्यले बताउनुभयाे ।

    होस फिर्ने आशामा परिवार

           रोहनको नाजुक स्वास्थ्य अवस्थाले परिवार मानसिक चिन्तामा छन् । रोहनलाई भारत लैजान सल्लाह आएपनि निम्न आर्थिक अवस्था भएकै कारण उपचारमा लैजान नसकेको हिराले बताईन् । शुभेच्छुकको सहयोग मिले र उपचार सफल भए रोहनको स्वास्थ्यमा सुधार आउने उनको अपेक्षा छ । थप उपचारका लागि सहयोगीको खोजी गरिरहेको हिराले बताईन् ।

          ‘छोरा पहिलाकैजस्तो निको होस्, स्कुल जाओस् भन्ने अपेक्षा छ,’ उनले भनिन्, ‘साथ सहयोग मिलेर उपचार गराउन सम्भव भए पक्कै सुधार हुन्छ भन्ने आशा छ ।’ रोहनलाई सहयोग गर्नका लागि आमा हिरा कट्वालको नाममा सेञ्चुरी विकास बैंक दिक्तेल शाखामा खोलिएको ०१५००००९२ सि ५ मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको विज्ञाप्तीमा उल्लेख छ ।

            २०७१ सालमा बिदेश गएका श्रीमान गोबिन्द कट्वाल २०७६ साल बैसाखमा घर आए पनि पुःन काठ्माण्डौं फर्किएर सम्पर्क बिहिन बनेको हिराले गुनासो गरिन् । हाल उनी दुई छोरासहित सासुससुरासँग बसिरहेका छन् । उनका कान्छो छोरा कक्षा २ मा पढ्छन् ।

    सम्बन्धित समाचार