शुक्रवार, श्रावण २३ २०७७
नेपाल वाइड
खोटाङमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । ट्रान्सफर्मरमा चढेर अवरुद्ध विद्युत चेक गर्नेक्रममा जन्तेढुंगा गाउँपालिका–२ बोपुङका २५ वर्षीय रामकुमार राईको मृत्यु भएको हो ।
गत असार २८ गतेदेखि अवरुद्ध विद्युतको ट्रान्सफर्मरमा चढेर विद्युत चेक गर्नेक्रममा एक्कासी आएको करेण्टको झट्का लाग्दा राईको मृत्यु भएको हो । करेण्टको झट्का लाग्दा गम्भीर बनेका राईको भोजपुरको बालंखास्थित स्वास्थ्यचौकीमा उपचारका लागि लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोविन्दप्रसाद शाहले बताउनुभयो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पुर्याईएको बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताउनुभयो । मृतक राईको शनिबार बिहान पोष्टमार्टम गर्ने तयारी गरिएको छ ।
स्काभेटर अपरेटरको काम गर्दैआएका राई हाल बर्षाको कारण स्काभेटर नचल्दा घर आएको बताइएको छ ।