Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाद्धारा ५६ जनाको स्वाव संकलन

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका २१ जनाको स्वाव परिक्षणमा पठाइए

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका २१ जनाको स्वाव परिक्षणमा पठाइए


    • शुक्रवार, श्रावण २३ २०७७

    • नेपाल वाइड


    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका २१ जनाको स्वाव परिक्षणमा पठाइए

     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्यकर्मीद्धारा पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्दै

              पिसिआर परिक्षणका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका २१ जनाको स्वाव परिक्षणमा पठाइएको छ । विदेशबाट आएका, क्वारेन्टीनमा बसेका स्थानीयका लागि खाना तयार पार्ने र खाना पुर्‍याइदिने काम गरिरहेका तथा बिदामा घर पुगेर आएका स्वास्थ्यकर्मी र ईन्जिनियरको स्वाव पिसिआर परिक्षणमा पठाइएको हो । उनीहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर बिराटनगर पठाइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

             यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाले पिसिआर परिक्षणका लागि शिक्षक, वैदेशिक रोजगारबाट फर्केका तथा प्रहरीको स्वाव संकलन गरेको छ । जोखिम क्षेत्रबाट आएका शिक्षक, वैदेशिक रोजगारीबाट फर्केर क्वारेन्टीनमा बसिरहेका स्थानीय एबं क्वारेन्टिनको सुरक्षामा खटिएका प्रहरी गरी ५६ जनाको पिसिआर परिक्षणका लागि शुक्रबार स्वाव संकलन गरिएको हो ।

            लकडाउनका कारण बन्द विद्यालय सञ्चालनका लागि जोखिम क्षेत्रबाट आएका ३४ शिक्षक, विभिन्न देशबाट आएर सरस्वती माबिको क्वारेन्टीनमा बसिरहेका २० जना र क्वारेन्टीनको सुरक्षामा खटिएका २ जना प्रहरीको स्वाव संकलन गरिएको हो । उनीहरुको स्वाव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकामा संक्रमण पूष्टी भएका ६ जना उपचार पछि घर फर्किसकेका छन् ।

    सम्बन्धित समाचार