Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारतको केरलामा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु

    भारतको केरलामा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु


    • शुक्रवार, श्रावण २३ २०७७

    • नेपाल वाइड


    भारतको केरलामा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु

            भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुबइबाट १९१ यात्रु बोकेर भारतको केरलाका लागि उडेको विमान कोझिकोडको कालीकट विमानस्थलको रनवेमा चिप्लिएको हो ।

           उक्त विमान दुर्घटनामा दुईजना चालक दलका सदस्यसहित ११ जनाको मृत्यु भएको बीबीसीले हिन्दीले जनाएको छ । उक्त विमानमा १० बच्चासहित १७४ यात्रु र सात चालक दलका सदस्यहरु रहेको बीबीसीले जनाएको छ । शुक्रबार ७ बजेर ४१ मिनेटमा IX-१३४४ कलसाइन भएको विमान दुर्घटनापछि दुई टुक्रा भएको छ । भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन । 

            विमानमा धेरै घाइते भएको एयर इण्डिया एक्सप्रेसका प्रवक्ताले जनाएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लैजानेक्रम जारी छ । तर कति मानिस हताहत भए भन्‍ने स्पष्ट भइसकेको छैन । सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो ।

    दु्र्घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विपक्षी दलका नेता राहुल गान्धीलगायतले दुख व्यक्त गरेका छन् । 

    सम्बन्धित समाचार