Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    चाम्लिङ भाषामा पठन–पाठन गर्ने तयारी

    वडाका सबै विद्यालयमा चाम्लिङ भाषामा पठन–पाठन गर्ने तयारी

    वडाका सबै विद्यालयमा चाम्लिङ भाषामा पठन–पाठन गर्ने तयारी


    • शनिवार, श्रावण २४ २०७७

    • नेपाल वाइड


    वडाका सबै विद्यालयमा चाम्लिङ भाषामा पठन–पाठन गर्ने तयारी

                खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा चाम्लिङ भाषामा पठन–पाठन गर्ने तयारी गरिएको छ । वडा शिक्षा समिति एबं वडा कार्यालयको पहलमा लफ्याङका एक माबि र चार आधारभुत विद्यालयमा चाम्लिङ भाषामा पठन–पाठन गर्ने तयारी गरिएको हो ।

              चाम्लिङ राई भाषीको बाहुल्यता रहेको लफ्याङमा ऐच्छिक विषयकारुपमा एउटा विषय चाम्लिङ भाषाबाट पठन–पाठन गर्ने निर्णय गरिएको वडा शिक्षा समितिका संयोजक एबं वडाध्यक्ष निर्मल राईले बताउनुभयो ।

            चालु शैक्षिक–सत्रबाट कक्षा १ देखि ऐच्छिक विषयकारुपमा चाम्लिङ भाषामा पठन–पाठन गरिने छ । आगामी शैक्षिक–सत्रदेखि क्रमशः माथिल्लो कक्षामा चाम्लिङ भाषामा पठन–पाठन हुने वडा कार्यालयले जनाएको छ ।

             किरात राई चाम्लिङ खाम्बातिम र किरात राई यायोक्खाले प्रकाशन गरेको पाठ्यपुस्तकलाई नै पठन–पाठनमा उपयोग गर्ने राईले बताए । कोभिड–१९ का कारण हालसम्म पठन–पाठन बन्द छ । विद्यालय खुलेसँगै चाम्लिङ भाषामा पनि अध्ययन सुरु हुने जनाइएको छ ।
    सम्वन्धित विद्यालयमा कार्यरत चाम्लिङ भाषी शिक्षकबाटै सो भाषाको अध्ययन–अध्यपन गर्ने व्यवस्था मिलाइएको छ ।

           स्थानीय सरकार सञ्चालन ऐन २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानुन र व्यवस्था अनुसार वडाका विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो ।

           चाम्लिङ राईको बाहुल्यता रहेको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठन–पाठन सञ्चालन हुँदैआएको छ । धितुङमा बुलापन्थे माबिमा कक्षा ५ सम्म, सुर्यज्योती आविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म, दलित जनजारण प्राबिमा कक्षा ५ सम्म, जनकल्या प्राबि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म र पारुहाङशरण प्राबिमा कक्षा ३ सम्म एक विषय चाम्लिङ भाषामा पठन–पाठन हुँदैआएको छ ।

            सर्वावती प्राबिमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातीका विद्यार्थीले चाम्लिङ भाषाकै कोर्स अध्ययन गरिरहेका बुलापन्थे माबिका शिक्षक रकम रोदुङले बताउनुभयाे । चाम्लिङ राई भाषाको पठन–पाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष दुई लाख बजेट विनियोजन गरेको छ ।

    सम्बन्धित समाचार