शनिवार, श्रावण २४ २०७७
नेपाल वाइड
ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल
खोटाङका ज्येष्ठ नागरिकलाई ज्याकेट प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाबाट प्राप्त भएको बजेटबाट ज्याकेट खरिद गरेर ज्येष्ठ नागरिकलाई प्रदान गरेको हो ।
निर्देशनालयले उपलव्ध गराएको ३ लाख बजेटमार्फत खरिद गएिको २ सय थान ज्याकेट शनिबार दिक्तेलमा आयोजित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले ज्येष्ठ नागरिक संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले उपलव्ध गराएको ज्याकेट कार्यक्रमका बीचमा उपस्थित ज्येष्ठ नागरिकलाई वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण गरेका छन् । निर्देशनालयले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सामग्री वितरणका लागि बजेट उपलव्ध गराएको भए पनि ज्येष्ठ नागरिक संघसँगको समन्वयमा ज्याकेट वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताउनुभयो ।
‘निर्देशनालयबाट स्वास्थ्य सामग्री खरिद गरेर ज्येष्ठ नागरिकलाई हस्तान्तरण गर्न आदेश आएको थियो,’ सिग्देलले भने, ‘तर ज्येष्ठ नागरिक संघसँग समन्वय गर्दा जाडोकोबेला ज्याकेट उपयुक्त हुन्छ भन्ने राय आएपछि ज्याकेट उपलव्ध गराइएको हो ।’ कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकलाई मास्क र ग्लोव्स पनि वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले ज्येष्ठ नागरिकलाई घर बाहिर ननिस्कन र अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिएका छन् ।