Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जिल्लाका स्थानीय तहलाई आइसोलेसनको व्यवस्थाका लागि अनुरोध

    जिल्लाका स्थानीय तहलाई आइसोलेसनको व्यवस्थाका लागि अनुरोध


    • सोमवार, श्रावण २६ २०७७

    • नेपाल वाइड


    जिल्लाका स्थानीय तहलाई आइसोलेसनको व्यवस्थाका लागि अनुरोध

              जिल्ला विपद व्यवस्थापन समिति खोटाङले जिल्लाका स्थानीय तहलाई आइसोलेसनको व्यवस्थाका लागि अनुरोध गर्ने निर्णय गरेको छ । विपद व्यवस्थापन समितिका अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलको अध्यक्षतामा आईतबार बसेको बैठकले जिल्लाका दुई नगरपालिकालाई २० बेडको तथा आठ गाउँपालिकालाई १० बेडको आइसोलेसन तयारी अवस्थामा राख्नका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

            कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बताउनुभयो ।

             जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बैठकले विपद्का कारणले मृत्यु भएका ब्यक्तिको शव ओसार–पसारका लागि शव वाहन व्यवस्थापनको लागि स्वास्थ्य कार्यालयमार्फत प्रदेश तथा संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

            यस्तै, विपद जोखिम न्यूनीकरणका लागि जिल्लाका सबै स्थानीय तह, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी लगायत विपद जोखिम न्यूनीकरणसँग सम्वन्धित सबै निकायलाई तयारी अवस्थामा रहन पत्राचार गर्ने, विपद पिडित उद्धार र राहत सम्बन्धी सातौं संशोधन मापदण्ड २०७७ को २ (ख) बमोजिमको राहत सम्बन्धी क्षति यकिन गरी सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिबाट व्यवस्थापन गर्ने निर्णय भएको छ ।

            रावाबेंशी गाउँपालिकामा गत साउन १८ गते भएको भिषण वर्षाबाट भएको क्षतिको यकिन विवरण माग गरी राहतको लागि प्रदेश तथा संघिय सरकारलाई अनुरोध गर्ने, केपिलासगढी गाउँपालिका–१ फेदीमा चट्याङ लागेर मृत्यु भएका निर्मला कामी, राजमणी राई र खोलाले बगाएर मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका अम्विका रोकाको नजिकको हकवालालाई नियमानुसार जनही एक÷एक लाख राहत दिने निर्णय गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ ।

    सम्बन्धित समाचार