सोमवार, श्रावण २६ २०७७
नेपाल वाइड
खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको भगवती दिनानाथ माबि नमूना विद्यालय छनौट भएको तथा प्राविधिक धारको कक्षा सञ्चालनका लागि अनुमती पाएको विषयमा छलफल तथा अन्तरक्रीया गरिएको छ ।
नमूना विद्यालय विकास एबं सञ्चालन निर्देशिका २०७४ अनुशार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार ३१ गतेको मन्त्रीस्तरिय निर्णय अनुशार भगवती दिनानाथ माबि मुलुकभरका सय वटा नमूना विद्यालय विकासको सूचीमा परेको तथा बाली विज्ञानतर्फ (कक्षा ९ देखि कक्षा १२) अन्तरगत कक्षा ९ सञ्चालनको अनुमती पाएको अवशरमा आइतबार सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको हो ।
आफ्नो विद्यालय नमूना विद्यालय विकासका लागि छानिएको तथा बाली विज्ञानतर्फको कक्षा सञ्चालनका लागि अनुमती पाएको सन्दर्भमा विद्यालयकातर्फबाट आवश्यक तयारीका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भगवती दिनानाथ माबिका प्रअ कुमार पराजुलीले बताउनुभयो ।
खोटेहाङ गाउँपालिकाकी उपाध्यक्ष कविता राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित सरोकारवालाले वाली विज्ञानतर्फको कक्षा ९ को पठन–पाठनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा प्रअ पराजुलीले प्रस्तुत गरेको ५ वर्षे शैक्षिक तथा भौतिक योजनालाई सुझाव सहित अनुमोदन गरिएको छ ।
२००६ साल जेठ १५ गते स्थापना गरिएको भगवती दिनानाथ माबिमा हाल साँढे सात सय विद्यार्थी अध्यायनरत छन् । हाल कक्षा १२ सम्म पठन–पाठन हुँदैआएको माबिमा यस वर्ष प्राविधिकधारतर्फ वालीविज्ञान विषयको पठन–पाठनको अनुमती पाएको हो ।